सभामुखमा एमालेलाई कांग्रेसले दियो ठूलो झट्का, तोडियो ओलीको अहँकार
काठमाडौं । एमालेले आफ्ना सांसद देवराज घिमिरेलाई सर्वसम्मत सभामुख बनाउन गर्न नसकेपछि विभिन्न खालका अड्कलबाजी भएका छन् ।
यसअघि, २०५१ सालमा बाहेकको सबै सभामुखहरू सर्वसम्मत हुँदै आएका थिए । एमालेको अहँकारले गर्दा यस पटक सभामुखमा सर्वसम्मत हुन सकेन ।
एमालेले सभामुखमा आफ्ना सांसदलाई सर्वसम्मत बनाउन गर्नुपर्ने गृर्हकाय नै नगरेको आरोप छ ।
एमालेका अध्यक्ष खड्गप्रसाद ओलीले पनि सर्वसम्मत बनाउनका लागि प्रमुख विपक्षी दल नेपाली कांग्रेसहितका दलहरूसँग वार्ता र सम्वाद गरेनन् ।
ओलीको अहँकार र दम्भका कारण एमालेका सांसद घिमिरे सभामुखमा नेपाली कांग्रेससँग प्रतिस्पर्धा गर्न बाध्य भए । घिमिरे अत्याधिक मतसहित सभामुखमा निर्वाचित भए पनि सर्वसम्मत हुन नसकेर रेकर्ड बनाएका छन् ।
एमालेले सहमतिको राजनीति गर्न नचाहेपछि कांग्रेसले पनि सभामुखमा उम्मेदवार खडा गरेर सर्वसम्मत हुन दिएन । कांग्रेसको रणनीतिबाट एमालेलाई झट्का लागेको छ ।
प्रतिनिधि सभाको बिहीबार बसेको बैठकमा घिमिरेको प्रस्तावको पक्षमा १६७ र विपक्षमा १०० मत परेको थियो ।
प्रतिनिधिसभाका २७५ मध्ये २६८ जना मतदानमा सहभागी भएका थिए । एक जना सांसद भने तटस्थ रहेका छन् ।
घिमिरेलाई एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीका र स्वतन्त्र सांसदहरू अमरेशकुमार सिंह, प्रभु साह र योगेन्द्र मण्डलले मतदान गरेका छन् ।
कांग्रेसले सभामुखमा समानुपातिक सांसद ईश्वरीदेवी न्यौपानेलाई उम्मेदवारी बनाएको थियो ।
न्यौपानेलाई कांग्रेस, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी र राष्ट्रिय जनमोर्चाले समर्थन गरेका थिए ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया