ईश्वरीको पक्षमा मतदान गर्न कांग्रेसको निर्देशन

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभाको बैठकमा अनिर्वाय उपस्थित भएर सभामुख पदका उम्मेदवार ईश्वरीदेवी न्यौपानेको पक्षमा मतदान गर्न आफ्ना सांसदहरूलाई ह्वीप जारी गरेको छ ।

प्रमुख सचेतक रमेश लेखकले बुधबार ह्वीप जारी गरेर बिहीबारको संसदको बैठकमा अनिर्वाय उपस्थित हुन निर्देशन दिएका हुन् ।

‘मिति २०७९ साल माघ ५ गते बिहान ११ बजे बस्ने प्रतिनिधि सभा बैठकमा नेपालको संविधानको धारा ९१ एवं प्रतिनिधि सभा नियमावली, २०७५ बमोजिम सभामुखको निर्वाचन सम्बन्धि प्रस्तावहरू प्रस्तुत हुने भएकोले उक्त बैठकमा प्रतिनिधि सभामा नेपाली कांग्रेसका माननीय सदस्यहरूलाई अनिवार्य उपस्थित हुन, तटस्थ नरहन र माननीय ईश्वरीदेवी न्यौपानेलाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा मतदान गर्न र माननीय देवराज घिमिरेलाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको विपक्षमा मतदान गर्न नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक माननीय रमेश लेखकज्यूले व्हिप जारी गर्नुभएको छ’, विज्ञप्तिमा उल्लेख छ ।

Published : Wednesday, 2023 January 18, 9:10 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया