दुर्घटनामा परेको यतीको जहाज किन अर्को दिशामा गयो ?
काठमाडौं । यती एयरलाईन्सको एएनसी एटीआर जहाज पोखरामा दुर्घटना भएको छ ।
यती एयरलाईन्सको जहाज पोखरा महानगरपालिकाको वडा नं. १५ नयाँ गाउँमा दुर्घटना भएको छ । जहाज बिहान १० बजेर ३० मिनटमा काठमाडौंबाट उडेको थियो ।
जहाजका क्याप्टन कमल केसीले उडाएका थिए । करीव ५० वर्षीय केसीले अनुभवी पाईलटमा पर्छन् । को–पाईलट अञ्जु खतिवडा पनि अनुभवी फुल क्याप्टन नै हुन् ।
जहाजको कुल क्षमता ७२ सिटको रहेको छ । ४ चालक दलसहित ७२ जना जहाजमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।
जहाज हावाको बहाव वा भीजीवीलीटीले गर्दा दुर्घटना भएको हुन सक्ने प्रारम्भीक अनुमान पोखरा एयरपोर्टका कर्मचारीहरूले गरेका छन् ।
हावाको बहाव धेरै भयो भने विपरित दिशाबाट जहाज ल्याण्ड गर्ने गरिन्छ ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको रनवेमा पश्चिमबाट ल्याण्ड गर्दा टर्न नपुगेर दुर्घटना भएको पनि अनुमान एयरपोर्टका कर्मचारीहरूको छ ।
पोखरा विमानस्थलका एक कर्मचारीले नाम उल्लेख नगर्ने सर्तमा भने, ‘जहाज पुरानो रनवेबाट टर्न गरेर नयाँ एयरपोर्टलाई दाहिनेतिर पारेर कटेर गयो । राईट टर्न गरेर आउँदा सेतीको खोँचमा जहाज खसेको छ ।’
जहाजको दुर्घटनाका किन ? र कसरी भयो भन्ने विषयमा प्राविधिक टोलीले छानविन तथा अनुसन्धान गरेर रिपोर्ट दिनेछ ।
चीनले बनाइदिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यती एयरलाईन्सको जहाज अवतरण गर्ने बेलामा दुर्घटना भएपछि विभिन्न खालका अड्कलबाजी हुन थालेका छन् ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल केही दिन अगाडि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तामझामका साथ उद्घाटन गरेका थिए । उद्घाटनलाई लिएर नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले उत्पात नै गरेका थिए ।
यसैबीच, यती एयरलाइन्सको जहाज दुर्घटनामा हुँदा कम्तीमा ३० जनाको मृत्यु भएको छ ।
कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले दिएको जानकारीअनुसार अहिलेसम्म ३० जनाको शव फेला परिसकेको छ ।
उनका अनुसार दुर्घटनामा परेकाहरू जीवित भेटिने सम्भावना निकै कम रहेको बताएका छन् । सुरक्षाकर्मीहरूले शव निकाल्दै छन् । शवहरू डढेको अवस्थामा फेला परेका छन् ।
पोखरा विमानस्थलमा अवतरणका क्रममा दुर्घटनामा परेको जहाजमा आगो लागेको छ ।




बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया