रेखा, सुदन र महिन्द्र मन्त्री बन्ने, अग्निले मागे मन्त्री वा उप–राष्ट्रपति

काठमाडौं । माओवादी केन्द्रले तीन जनालाई मन्त्री बनाउने तयारी गरेको छ ।

स्रोतका अनुसार रेखा शर्मा, सुदन किराँती र महिन्द्र राय यादवलाई मन्त्री बनाउने तयारी गरिएको हो ।

माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका नेताहरूसँगको छलफलपछि यी तीन जनालाई मन्त्री बनाउने तयारी गरेको बुझिएको छ ।

माओवादी केन्द्रबाट मन्त्रिपरिषदमा ५ जना रहने समझदारी भएको छ ।

माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्ड प्रधानमन्त्री र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उप–प्रधानमन्त्री र भौतिक पूर्वाधार मन्त्री बनिसकेका छन् ।

अब माओवादीबाट ३ जनामात्र मन्त्रिपरिषदमा सहभागी हुन पाउँछन् ।

पूर्वसभामुख अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चोकबाट निर्वाचित सांसद माधव सापकोटालाई मन्त्री बनाउन दबाव दिएका छन् ।

सापकोटाले आफूलाई उप–राष्ट्रपति बनाउनुपर्ने वा सिन्धुपाल्चोकबाट निर्वाचित माधव सापकोटा ‘सुवोध’लाई मन्त्री बनाउनुपर्ने सर्त राखेका छन् ।

रेखा शर्मा र सुदन किराँती माओवादी केन्द्रका सांसद हुन् । महिन्द्र राय यादव नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष हुन् ।
एमालेले १० मन्त्रालय पाउनुपर्ने अडान राखिरहेको छ ।

Published : Friday, 2023 January 13, 4:44 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया