राष्ट्रपति र सभामुखलाई लिएर ओलीको डेञ्जर अडान, कालोनिलो बने प्रचण्ड

काठमाडौं । एमालेका अध्यक्ष खड्गप्रसाद ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दवावमा राखेका छन् ।

बुधबार साँझ प्रधानमन्त्री दाहालले ओलीलाई बालकोटमा भेटेर नयाँ मन्त्रीहरूको नाम माग्नुका साथै मन्त्रालयको संख्या टुंगोलगाउन आग्रह गरेका थिए । तर, ओलीले पहिला सभामुख र राष्ट्रपतिको निर्वाचन सकेर मात्रै मन्त्रिमण्डल विस्तार गर्न सुझाव दिएका उच्च स्रोतले जनाएको छ ।

नेपाली कांग्रेसको पछिल्लो रणनीतिबाट ओली झस्किएका छन् । ओलीले पहिला सभामुख आफ्नो दलले लिने र लगत्तै राष्ट्रपतिको निर्वाचन गराएर मात्रै मन्त्रिमण्डल विस्तार गर्नुपर्ने अडान लिएका छन् ।

अध्यक्ष ओलीको अडानपछि प्रधानमन्त्री दाहाल झस्किएका छन् । ओलीको कुराले अझै मन्त्रिमण्डल बिस्तार हुन कम्तिमा दुई महिना लाग्ने देखिएको छ ।

एमालेका अध्यक्ष ओलीले प्रधानमन्त्री दाहालसँग कांग्रेसले विश्वासको मत किन दिएको हो भनेर ? कडा प्रश्न गरेको उच्च स्रोतले जनाएको छ । प्रधानमन्त्री दाहालले के जवाफ दिए सो विषयमा केही भनिएको छैन ।

कांग्रेसले सभामुख एमालेलाई दिए पनि राष्ट्रपति आफूले पाउनुपर्ने अडानमा छ । कांग्रेसले राष्ट्रपति लिने सर्तमा प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएको कांग्रेसका एक नेताले बताएका छन् ।

एमालेकी पूर्वउपाध्यक्ष समेत रहेकी विद्यादेवी भण्डारीले राष्ट्रपति पदको गरिमा बचाउन नसकेको आरोप छ । भण्डारीले एमालेको कार्यकर्ता बनेर राष्ट्रपति पदको दुरुपयोग गरेपछि कांग्रेसले कुनै पनि हालतमा राष्ट्रपति आफूले लिने पक्षमा छ ।

कांग्रेसको प्रस्ताव र अडानमा प्रधानमन्त्री दाहाल पनि लचक रहेको माओवादी केन्द्रका एक नेताले बताएका छन् ।

Published : Thursday, 2023 January 12, 5:41 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया