लामिछानेले क्रसरहरू बन्द गराएपछि निर्माण क्षेत्रमा प्रत्यक्ष असर, महासंघद्वारा आपत्ति प्रकट
काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले अति आवश्यक कच्च पदार्थ गिट्टी, बालुवा, ढुंगा, माटो लगायतका निर्माण सामग्रीहरू उत्खनन्, ओसारपसार लगायत पछिल्लो समयमा देखिएको समस्याप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
महासंघका महासचिव रोशन दाहालले विज्ञप्ति जारी गरेर नदी तथा खानीजन्य निर्माण सामग्रीको उत्खननमा देखा पर्ने समस्याले निर्माण उद्योग आक्रान्त भएको जनाएका छन् ।
महासंघले सरोकारवाला निकायलाई नदी तथा खानीजन्य सामग्री उत्खनन् र ओसारपसारमा देखिएको समस्या समाधान गर्न आग्रह गरेको छ ।
उप–प्रधान एवम् गृहमन्त्री रवि लामिछानेले अबैध क्रसरहरू बन्द गर्न निर्देशन दिएपछि देशभरिका सबै क्रसर उद्योगहरू बन्द भएका छन् ।
त्यसको प्रत्यक्ष असर निर्माण उद्योगमा परेको छ । गृहमन्त्री लामिछानेले पुस ९ गते निर्देशन जारी गरेर सबै क्रसर उद्योग बन्द गराइदिएका छन् ।
क्रसर उद्योगहरू बन्द हुँदा सोही कारणले नदी तथा खानीजन्य सामग्रीहरूको कृतिम अभाव र कालोबजारी शुरु भएको महासचिव दाहालले बताएका छन् ।
महासंघले निर्माण सामग्रीहरूको ‘क्यूरी जोन’ राज्यबाट तोक्न र उचित मूल्य निर्धारण गर्न माग गरेको छ ।
नदीजन्य तथा खानीजन्य निर्माण सामग्रीको हालको समस्याले त्यस्ता सामग्रीहरूको अभाव सिर्जना भइ कार्टेलिङ प्रश्रय पाउने र विगतमा जस्तै चरम मूल्यवृद्धि हुने र केही समय अघिदेखि चर्को मूल्य वृद्धिको मारमा परेका निर्माण व्यवसायीहरू थप मारमा पर्ने निश्चित रहेको महासचिव दाहालले बताएका छन् ।
‘यसबाट विगतमा झैँ काम गर्न नसकेको भनी निर्माण व्यवसायीमाथी अनर्गल आरोप लगाउने अवस्था सिर्जना हुने देखिन्छ’, विज्ञप्तिमा भनिएको छ, ‘परियोजनास्थल र सो सँग सम्बद्ध क्षेत्रमा रहेको नदी तथा खानीजन्य निर्माण सामग्रीको परियोजनाले उपभोग गर्न प्रयोग गरिएका उपकरणहरू समेत सञ्चान गर्न प्रतिबन्ध लगाइएकोप्रति पनि महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।’
महासचिव दाहालले भनेका छन्, ‘निर्माण उद्योग प्रतिकूल रहेका सबैखाले समस्या तत्काल अन्त्य गरी निर्वाध रुपमा निर्माण व्यवसाय सञ्चालन गर्ने आवश्यक वातावरण बनाउन महासंघ नेपाल सरकार लगायतका सम्बन्धित सबै निकायसमक्ष जोडदार माग गर्दछ ।’

बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया