कांग्रेसको प्रमुख प्रतिपक्षको पद खोसिएको हो ? यस्तो छ उप–सभापति खड्काको तर्क
काठमाडौं । नेपाली कांग्रेसका उप–सभापति पूर्णबहादुर खड्काले संसद प्रतिपक्ष विहीन नभएको बताएका छन् ।
मंगलबार संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरूसँग कुरा गर्दै उनले कांग्रेसको प्रमुख प्रतिपक्षको भूमिका सुरक्षित रहेको बताए ।
उनले भने, ‘संसद प्रतिपक्षी विहीन नै छैन । बुझाइ नै मिलेन । ०५१ सालमा पनि मनमोहन अधिकारीलाई भोट हालेर हामी प्रमुख प्रतिपक्ष बनेर बसेका थियौँ ।’
‘अहिले पनि हामीलाई प्रमुख प्रतिपक्षीको भूमिका सुरक्षित छ’, सांसद समेत रहेका खड्काले भने, ‘हामीले भनेर, बोलेर भोट होलको छौँ । जसरी ०५१ सालमा भोट होलर प्रमुख प्रतिपक्ष थियौँ, अहिले पनि हामी त्यही रुपमा बस्छौँ ।’
राष्ट्रपति र सभामुख मध्ये एक पद लिने गरेर सरकारलाई समर्थन गरेको हो भन्ने पत्रकारहरूको जिज्ञासामा उप–सभापति खड्काले भने, ‘हामीले कुनै पनि कुरा नगरिकन हाम्रो सभापतिले संसदमा बोलेर जे–जे भन्नुभएको छ, त्यही कुरामा आधार मानेर भोट हालेका छौँ ।’
‘हामीले मुलुकको समग्र मूल्यांकन गर्दै विशेष निर्णय गरेको हो । हामी प्रमुख प्रतिपक्षमा थियौँ’, उनले भने, ‘तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीको सरकारलाई पनि २०५१ सालमा मुलुकको विशिष्ट परिस्थितिलाई ध्यानमा राखेर हामीले विश्वासको मत दिएका थियौँ ।’
उनले भने, ‘अहिले पनि मुलुकको विशिष्ट परिस्थितिलाई बुझेर हामीले विश्वासको मत दियौँ ।’
‘सरकार जोगिनु र नजागिनुबाट सम्बन्धित छैन’, उप–सभापति खड्काले भने, ‘नेपाली कांग्रेसले अहिले मुलुकको परिस्थितिको विश्लेषण गर्यो ।’
उनले भने, ‘मुलुकको जटिलता, आर्थिक अवस्था, संविधानको रक्षा, मुलुकको स्थिरता, शान्ति प्रक्रियालाई पूर्णता दिनको लागि जनताको बीचमा कांग्रेसले कबुल गरेको थियो ।’
‘ती सबै कुरालाई जोडेर हामीले विशेष निर्णय गरेका छौँ यस पटक’, उनले भनेका छन् ।
एमालेका अध्यक्ष खड्गप्रसाद ओलीबाट अहिले पनि संविधानमाथि खतरा रहेको संकेत उप–सभापति खड्काको थियो ।
खड्काले संविधानको रक्षाका लागि प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएको घुमाउरो भाषामा उल्लेख गरेका छन् ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया