प्रदीप अधिकारीसँग अख्तियारले सात अर्बको फाईल तान्यो
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी विराटनगर र नेपालगञ्ज विमानस्थलको टर्मिनल बिल्डिङ बनाउने टेण्डर प्रकरणमा विवादमा तानिएका छन् ।
विराटनगर र नेपालगञ्ज विमानस्थलको करीव ७ अर्बको टेडण्डर प्रकरणमा शंका लागेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानिर्देशक अधिकारीसँग फाईल झिकाएको उच्च स्रोतले जनाएको छ ।
दुई वटा विमानस्थलको टेण्डर प्रकरणमा अधिकारीले गोलमाल र कमिशन काण्ड गरेको आशंका अख्यिारलाई छ ।
पोखरा विमानस्थल र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको आयोजना प्रमुख रहेर ‘मालामाल’ बनेका अधिकारीका विरुद्ध ती विमानस्थलमा गरेको गोलमालका विरुद्ध पनि अख्तियारमा उजुरीहरू परेका छन् ।
प्राधिकरणका तत्कालीन महानिर्देशक राजन पोखरेलले विराटनगर र नेपालगञ्ज विमानस्थलमा टर्मिनल बिल्डिङ बनाउन करीव एक वर्ष अगाडि टेण्डर निकालेका थिए ।
तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई प्रभावमा पारेर ‘प्राधिकरणसँग पैसा छैन, किन टर्मिनल बिल्डिङ बनाउने ? बनाउनु हुँदैन’ भनेर ठेक्का रद्द गर्न लगाएका थिए ।
त्यसको केही समयपछि तत्कालीन महानिर्देशक राजन पोखरेल अवकासमा गए । पोखरेल अवकासमा गएपछि प्राधिकरणको महानिर्देशक राजकुमार क्षेत्री बनेका थिए । क्षेत्रीलाई मन्त्री आले र अधिकारीले सेटिङ गरेर समय हुँदाहुँदै हटाएका थिए ।
क्षेत्रीलाई हटाएपछि आलेले अधिकारीलाई महानिर्देशक बनाएका थिए । महानिर्देशकबाट हटाएपछि क्षेत्री न्यायका लागि सर्वोच्च अदालत पुगेका छन् ।
अधिकारी महानिर्देशक बनेको केही समय लगत्तै विराटनगर र नेपालगञ्ज विमानस्थलको टर्मिनल बिल्डिङ बनाउने भनेर करीव ७ अर्ब रुपियाँ बराबरको टेण्डर निकालेका छन् । मन्त्रीलाई उचालेर टेण्डर रद्द गराएका अधिकारीले अहिले पुनः टेण्डर निकालेका छन् । अहिले आएर ३/४ महिनामा प्राधिकरणसँग ७ अर्ब कहाँबाट आयो ? गम्भीर प्रश्न उठेको छ ।
३/४ महिनाको अन्तरमा त्यो टेण्डर रद्द गरेर पुनः निकाल्ने कार्यमाथि कैफियत देखेर अख्तियारले अनुसन्धान अगाडि बढाएको उच्च स्रोतले जनाएको छ ।
अख्तियारले महानिर्देशक अधिकारीसँग विराटनगर र नेपालगञ्जको टर्मिनल बिल्डिङ बनाउने टेण्डरको फाईल र कागजपत्र झिकाएको बुझिएको छ ।
महानिर्देशक नभएका बेला पैसा छैन भनेर अधिकारीले मन्त्री आलेलाई भनेर टेण्डर रद्द गराए । अहिले आफू महानिर्देशक भएर आउनेवित्तिकै टेण्डर निकालेपछि कैफियत रहेको चर्चा छ ।
अख्तियारले अनुसन्धान अगाडि बढाएपछि महानिर्देशक अधिकारी तनाबमा परेका छन् ।
अख्तियारको फन्दाबाट बच्न अधिकारीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ निकटका नेता र व्यक्तिसँग भेटवार्ता बढाएको स्रोतले जनाएको छ । अधिकारीले प्रचण्डका कान्छा ज्वाइँ जीवन आचार्यमार्फत खुमलटार छिर्न खोजेका छन् ।
महानिर्देशक अधिकारीलाई चीनलाई उड्डयनको क्षेत्रमा भित्र्याएको भनेर आरोप पनि लागेको छ ।
अख्तियारले महानिर्देशक अधिकारीसँग फाईल तानेको विषयमा प्रतिक्रिया लिन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलालाई सम्पर्क गर्दा सम्पर्क हुन सकेन । निरौलाको फोन उठेन ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया