यस्तो छ कांग्रेससँग प्रचण्डले राखेको प्रस्ताव, देउवाले पदाधिकारी र सांसदलाई जानकारी गराउने
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी र संसदीय दलको बैठकमा छलफल गरेर मात्रै अगाडि बढ्ने बताएका छन् ।
सोमबार राति धुम्बाराहीस्थित निवासमा देउवासँग भएको भेटमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत मागेका थिए ।
जवाफमा सभापति देउवाले मंगलबार बिहान पदाधिकारी र संसदीय दलको बैठकमा छलफल गरेर मात्रै के गर्ने भन्ने जवाफ दिने बताएका छन् ।
भेटमा सहभागी उप–सभापति पूर्णबहादुर खड्काले प्रधानमन्त्री दाहालको प्रस्तावका बारेमा पदाधिकारी र संसदीय दलको बैठकमा छलफल गर्ने आश्वासन दिएको बताएका छन् ।
‘प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पार्टी सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको आज साँझको भेटको साक्षी भएका कारणले बोल्दै छु’, खड्काले भनेका छन्, ‘प्रधानमन्त्रीले विश्वासको मतका लागि अनुरोध गर्नु भयो ।’
उप–सभापति खड्काले भने, ‘सभापतिजीले भोलि बिहान पदाधिकारि र संसदीय दलमा छलफल गरेर निर्णय गर्छु भन्नु भयो । बस !’
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया