ओलीले प्रचण्डसँग पहिलो दिनमै लिए बदला, एमालेले दिएन राम्रो संकेत
काठमाडौं । एमालेका अध्यक्ष खडगप्रसाद ओलीले आफूले गरेको प्रतिनिधि सभा विघटनको बचाउ गर्दै आफूले कुनै प्रतिगमन नगरेको बताएका छन् ।
सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्दै अध्यक्ष ओलीले संसद विघटन प्रतिगमन नरहेको बताए । उनले बेलायतमा संसद विघटन भइरहने गरेको उदाहरण दिँदै बेलायतमा के प्रतिगमन भइरहेको हो ? भनेर प्रश्न गरेका छन् ।
‘एकताका नेपालमा बढो हल्ला चलाइयो’, ओलीले भने, ‘प्रतिनिधिसभा विघटन प्रतिगमन हो भनेर । बेलायतमा कति पटक प्रतिगमन भएछ भएछ त्यसो भए ।’
उनले भने, ‘संसदको जन्मजात देशमा अस्तिसम्मपनि प्रतिगमन भएको थियो । त्यति धेरै जान्ने पनि नहोउँ कि । मौका अनुसारको यति धेरै ब्याख्याप नि नगरौँ कि जस्तोपनि लाग्छ ।’
‘प्रतिनिधिसभा भंग हुनु प्रतिगमन हैन, जनताका अधिकारका लागि जनतामा जानु र सार्वभौम अधिकारबाट आदेश प्राप्त गर्नु प्रतिगमन हैन’, ओलीले भनेका छन् ।
ओलीले संसदबाट सरकार बन्नु र ढल्नु प्रतिगमन नभएको बताएका थिए ।
‘अन्यत्र लगेर सरकार ढाल्ने काम गरियो भने प्रतिगमन हुन्छ’, ओलीले भने, ‘अहिलेको गठबन्धन प्रगितमनको पक्षमा छैन्, जाँदैन ।’
अहिलेको गठबन्धन दल ‘कु’ ठाउँबाट सरकार बनाउँने ठाउँमा नजाने एमालेका अध्यक्ष ओलीले बताएका छन् ।
यसअघि, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान प्रतिनिधिसभाबाट नेपाली जनताले धेरै अपेक्षा राखेको बताएका छन् ।
देउवाले सबै पक्ष आगामी यात्रा, माध्यम र गन्तव्य स्पष्ट हुन जरुरी रहेको पनि बताए ।
देउवाले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमबाट दिगो शान्ति, सुशासन, विकास र समृद्धि प्राप्त गर्नु सबैको साझा लक्ष्य भएको बताए ।
‘संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढीकरण आजको आवश्यकता हो’, देउवाले भने, ‘यसका लागि नेपालको संविधानको रक्षा र संविधानको भावना अनुरुप कार्यान्वयन अनिवार्य शर्त हो ।’
देउवाले भने, ‘संविधानको कार्यान्वयनका लागि धेरै नीति र कानून निर्माण गर्न बाँकी छ ।’
‘संविधानको रक्षा र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढीकरणका लागि त्यस अनुरुपका आवश्यक नीति र कानून बनाउनुछ’, सभापति देउवाले भनेका थिए ।
देउवाको भनाइले ओलीको मन चसक्क भएको थियो । ओलीले देउवाप्रति लक्षित गर्दै राजनीतिक टिकाटिप्पणी भएको भन्दै प्रतिगमनका बारे ब्याख्या गरेका थिए ।
ओलीले माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रति लक्षित गरेर आफूले संसद विघटन गरेको कार्य प्रतिगमन नरहेको बताएका थिए ।



बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया