देउवा–दाहालबीच भेटवार्ता, ‘खिचडी कम्युनिस्ट’ सरकारलाई कांग्रेसको यस्तो छ सुझाव

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेटवार्ता गरेका छन् ।

विश्वासको मत लिन केही घण्टा बाँकी रहेका बेला दाहालले सोमबार साँझ धुम्बाराहीस्थित निवासमा पुगेर देउवासँग भेट गरेका हुन् । भेटमा देउवासँग दाहालले मंगलबार आफूलाई विश्वासको मत दिन आग्रह गरेका छन् ।

सभापति देउवाले ‘तपाईलाई विश्वासको मत पुगीसकेको छ, नपुगेको भए मात्रै सहयोग गर्न हुन्थ्यो’ भनेर प्रमुख प्रतिपक्षमा बस्ने सन्देश दिएका छन् ।

सभापति देउवाले कांग्रेसले दाहाल नेतृत्वको सरकारलाई रचनात्मक रुपमा प्रतिपक्षको तर्फबाट सहयोग गर्ने आश्वासन दिएका छन् ।

देउवाले सरकारलाई जनताको सेवा र देशको विकासमा लगाउन दाहाललाई आग्रह पनि गरेका छन् ।

गठबन्धन तोडेर एमालेसँग मिलेर बालकोटको बार्दलीबाट कम्युनिस्ट र साना दलहरूको खिचडी सरकार बनाएका दाहालले कांग्रेसको साथ खोजेका छन् ।

कांग्रेसले दाहाललाई तत्काल सहयोग गर्ने पक्षमा छैन । एमालेसहितका दलको समर्थन दाहाललाई छ । दाहालको सरकारलाई सुविधाजनक बहुमत पुगेको छ ।

Published : Monday, 2023 January 9, 7:49 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया