‘खिचडी कम्युनिस्ट’ सरकारद्वारा पुस २७ गते विदा दिने निर्णय, राप्रपाको पहिलो जित
काठमाडौं । ‘खिचडी कम्युनिस्ट’ सरकारले पुस २७ गते विदा दिने निर्णय गरेको छ ।
सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद बैठकले पुस २७ गते पृथ्वी जयन्तीका अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारलाई विश्वासको मत दिनु अगाडि पुस २७ गते विदा दिने निर्णय गर्नुपर्ने सर्त राखेको थियो ।
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पुस २७ गते पृथ्वी जयन्तीका अवसरमा सार्वजनिक विदा दिने सरकारको निर्णयको स्वागत गरेका छन् ।
‘पुस २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका दिन सार्वजनिक बिदा दिने निर्णयको हार्दिक स्वागत गर्दछु’, लिङ्देनले भनेका छन्, ‘नेपाल राष्ट्र, नेपाली नाम र पहिचान दिने राष्ट्रनिर्मातालाई सम्मान गर्नु हरेक नेपालीको कर्तव्य हो । पृथ्वी जयन्तीलाई हर्षोल्लासपूर्ण वाातावरणमा मनाऔं ।’
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार विश्वासको मत लिनुभन्दा अगाडि राप्रपाको मागअनुसार पुस २७ गते सार्वजनिक विदा दिने निर्णय गरेका छन् ।
राप्रपाले पुस २७ गतेलाई राष्ट्रिय एकता दिवसको रूपमा मनाउनु पर्ने माग राख्दै आएको छ ।
मन्त्रिपरिषदले सरकारले जारी गरेको न्यूनतम साझा कार्यक्रमलाई कार्यान्वयनमा लैजाने निर्णय गरेको छ ।
नेपाली कांग्रेसका नेताहरूले दाहाल नेतृत्वको सरकारलाई ‘खिचडी कम्युनिस्ट’ सरकार टिप्पणी गर्न थालेका छन् ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया