शीतल निवास छाड्ने बेला विद्यादेवी भण्डारीको नौटंकी

काठमाडौं । दुई कार्यकाल राष्ट्रपति पदमा रहेर सवारी क्रममा लाखौँ जनतालाई दुःख दिएर हैरान बनाएकी विद्यादेवी भण्डारीले बेट्रीबाट चल्ने बिजुली बसमा सवार भएर सबैलाई चकित तुल्याइदिएकी छिन् ।

एमालेकी पूर्व उपाध्यक्ष समेत रहेकी राष्ट्रपति भण्डारी आफ्नो सरकारी निवासबाट ललितपुरको पाटनसम्म पुगेर सस्तो लोकप्रियता कमाउन खोजेकी छिन् ।

भण्डारी साझा यातायातको बिजुली बसमा चढेकी हुन् । उनी चढेको बसमा सुरक्षाकर्मीलाई मात्रै बस्न दिइएको थियो ।

भण्डारी चढेको बसमा सर्वसाधारणलाई पनि बस्न दिएको भए अर्को कुरा हुने थियो । तर, बसमा अरुलाई चढ्न दिइएन ।

अबका केही दिनमा शीतल निवासबाट बाहिर जाने तयारीमा रहेकी भण्डारीले प्रशंसा कमाउन बिजुली बस चढेको नौटंकी गरेकी छिन् ।

शीतल निवासलाई एमालेको सम्पर्क कार्यालय बनाएको आरोप खेपेकी भण्डारीको सवारीका बेला सडक खाली बनाएर उपत्यकाभित्रका लाखौँ यात्रुलाई तनाब दिँदै आएकी छिन् ।

Published : Saturday, 2023 January 7, 9:59 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया