कम्युनिस्टहरूका बीच एकीकरण गर्न कार्यदल गठन, संयोजक बने महरा
काठमाडौं । माओवादी केन्द्रले वामपन्थी पार्टी र समूहबीच एकताका लागि वार्ता गर्न कार्यदल बनाएको छ ।
शनिबार काठमाडौंमा बसेको माओवादीको पदाधिकारीको बैठकले कम्युनिस्टहरूका बीच एकताका लागि कार्यदल बनाएको हो ।
कार्यदलको संयोजकको जिम्मेवारी उपाध्यक्ष कृष्णबहादुर महरालाई दिइएको छ ।
कार्यदलमा महासचिव देव गुरुङ, जनार्दन शर्मा, शक्ति बस्नेत र गिरिराजमणि पोखरेल सदस्य रहेका छन् ।
कार्यदलले नेकपा (एकीकृत समाजवादी)सहितका कम्युनिस्टहरूसँग छलफल गर्नेछ ।
यसअघि एकीकृत समाजवादी र जनता समाजवादी पार्टी नेपाल (जसपा)ले पनि वार्ताका लागि कार्यदल बनाएका छन् ।
माओवादीले बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीसँग पनि एकताको प्रयास गरिरहेको छ ।
बाबुरामको पार्टीले माओवादीको चुनाव चिन्हबाट निर्वाचनमा भाग लिएको थियो ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया