जनतालाई बचाउन मोहन बस्नेतद्वारा स्वास्थ्य सामग्री संकलन, सिन्धुपाल्चोक पठाउने
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभाका सांसद मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोकका नागरिकलाई कोरोनाबाट बचाउन पूर्वसर्तकता अपनाएका छन् ।
नेता बस्नेतले कोरोना महामारी पुनः फर्केर आउने सम्भावना रहेको भन्दै स्वास्थ्य उपचारका लागि पूर्वसर्तकता अपनाउन स्वास्थ्य सामग्रीहरू सकंलन गरेका छन् ।
शनिबार भक्तपुरको कौशलटारस्थित फार्म हाउसको गोदाममा नेता बस्नेतले स्वास्थ्य सामग्रीहरू राखेका छन् । ती सामग्रीहरू क्रमशः आवश्यक्ताअनुसार सिन्धुपाल्चोकको अस्पताल र स्वास्थ्य संस्थाहरूमा पठाउनेछन् ।
मास्क, अक्सिजनका सिलिण्डर, पीपीई सेट, प्यारासिटामोल, कन्सन्ट्रेटरसहित विभिन्न औषधि र बन्दोबस्तीका सामग्रीहरू संकलन गरेर राखिएको उनले बताएका छन् । बस्नेतले दुर्गम गाउँमा अक्सिजन अभाव हुन नदिन साना सिलिण्डरहरू पनि संकलन गरेका छन् ।
चीन र भारतमा कोरोना महामारी पुनः फैलिन शुरु गरेको छ । छिमेकी दुई मुलुकमा कोरोना महामारी फैलिन शुरु भइसक्दा समेत कम्युनिस्ट सरकारले पूर्वतयारी र सर्तकतामा चासो दिएको छैन ।
कम्युनिस्ट सरकारले सिन्धुपाल्चोकका जनताको उपचार र सुरक्षामा ध्यान नदिएको कांग्रेस नेता बस्नेतले बताए । उनले भने, ‘सरकारले कोरोनाबाट जनतालाई बचाउनेबारेमा तयारी गरेको छैन । सिन्धुपाल्चोकका जनताको जीवनको रक्षाका लागि म आफै खटिएको छु । साथीहरूको सहयोगमा स्वास्थ्य सामग्री संकलन भएको छ । ती सामग्री सिन्धुपाल्चोकमा निःशुल्क वितरण गरिनेछ ।’
नेता बस्नेतले अक्सिजनको समस्या हुन नदिने पनि बताएका छन् । सिन्धुपाल्चोकमा मात्र नभइ आवश्यक पर्दा देशका अन्य जिल्लामा पनि स्वास्थ्य सामग्री उपलब्ध गराउने तयारी आफूले गरेको बताएका छन् ।
सिन्धुपाल्चोक क्षेत्र नं. २ बाट प्रतिनिधि सभा निर्वाचनमा अत्याधिक मतका साथ निर्वाचित भएका नेता बस्नेतले सिन्धुपाल्चोकको विकास र जनताको सुरक्षामा कुनै पनि कमी हुन नदिने बताएका छन् ।
कम्युनिस्ट र ‘झालेमाले’ साना दलहरूसहित बनेको ‘खिचडी कम्युनिस्ट’ सरकारले सत्ता बचाउन मात्रै ध्यान दिएको बताएका नेता बस्नेतले बताएका छन् ।
सरकारलाई जनताको स्वास्थ्यसँग खेलवाड गर्ने छुट नरहेको उनले बताएका छन् ।





बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया