कांग्रेसले प्रचण्ड सरकारबारे किन ‘होल्ड’को नीति लियो ?
काठमाडौं । नेपाली कांग्रेसले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको मत दिने वा नदिनेबारेमा कुनै निर्णय गरेको छैन ।
शनिबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको संसदीय दलको बैठकमा माओवादी सरकारका बारेमा छलफल भए पनि विश्वासको मत दिने वा नदिने भन्नेबारेमा कुनै पनि निर्णय नभएको हो । कांग्रेसले विश्वासको मतका विषयमा के गर्नेभन्नेबारेमा निर्णय गर्न पुस २६ गते बिहान अर्को बैठक बोलाएको छ । सोही बैठकले बोल्ड निर्णय गर्नेछ ।
कांग्रेसले प्रचण्ड सरकारबारे होल्डको नीति लिएको छ । कांग्रेसले समय र परिवेशलाई सुक्ष्म रुपमा हेरेको संकेत दिएको छ । पुस २६ गते कुनै बोल्ड निर्णय गर्ने संकेत कांग्रेसले दिएको छ ।
कांग्रेस संसदीय दलको अर्को बैठक यही पुस २६ गते बिहान ९ बजे बस्ने निर्णय गर्दछ’, प्रमुख सचेतक रमेश लेखकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
कांग्रेसले संसदीय दलको कार्यसमितिलाई पूर्णता दिने निर्णय पनि गरेको छ ।
‘यो बैठक संसदीय दलको कार्यसमितिलाई पूर्णता दिने प्रक्रिया यथाशीघ्र प्रारम्भ गर्ने निर्णय गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।
मंसिर ४ मा सम्पन्न निर्वाचनबाट कांग्रेसलाई सबैभन्दा ठूलो दलका रूपमा निर्वाचित गर्ने मतदाताप्रति कांग्रेसले आभारसहित धन्यवाद ज्ञापन गरेको छ ।
निर्वाचनमा पार्टीलाई पहिलो पार्टी बनाउन भूमिका निर्वाह गर्ने पार्टीका सबै साथीहरूलाई पनि कांग्रेसले धन्यावाद दिएको छ ।
कांग्रेस नेतृत्वको निवर्तमान सरकार निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गरेको भन्दै धन्यावाद दिएको छ ।
कांग्रेसले भनेको छ, ‘प्रतिनिधि सभामा प्रभावकारी र जिम्मेवार भूमिका निभाउँदै जनाताको विश्वास र पार्टीका साथीहरूको अपेक्षा बमोजिम कार्य गर्न एकताबद्ध ढंगले अघि बढ्ने यो बैठक प्रतिबद्धता व्यक्त गर्दछ ।’
कांग्रेसले पूर्वसांसद झुलबहादुर आले र मैयादेवी श्रेष्ठको निधनप्रति गहिरो शोक व्यक्त गरेको छ ।
निर्वाचनको क्रममा बाजुरा जिल्ला त्रिवेणी नगरपालिका–७ को मतदान केन्द्रमा प्रहरीको गोलीबाट मृत्यु भएका नेविसंघका नेता संजीव ऐडीको मृत्युप्रति कांग्रेसले गहिरो शोक व्यक्त गरेको छ ।



बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया