अख्तियारको मुख्यालयमा प्रहरी झुण्डिएको अवस्थामा फेला

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको मुख्यालयमा कार्यरत नेपाल प्रहरीका जवान झुण्डिएको अवस्थामा भेटिएका छन् ।

काठमाडौंको नक्सालस्थित आयोगको सुरक्षार्थ खटिएका प्रहरी जवान २५ वर्षीय खगेन्द्र नेपाली बिहीबार झुन्डिएको अवस्थामा भेटिएका हुन् ।

ड्युटीको समयमा प्रहरी जवान नेपाली पोस्टमा झुण्डिएको अवस्थामा भेटिएपछि काठमाडौं प्रहरी परिसरको टोली घटनास्थल पुगेको थियो ।

प्रहरीले नेपाली झुण्डिएको अवस्थामा फेला परेको अवस्थाका बारेमा अनुसन्धान भइरहेको जनाएको छ ।

Published : Friday, 2023 January 6, 1:09 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया