प्रचण्ड सरकारको आयू १ सय घण्टा, देउवाले उठाए यस्तो कदम
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्षहरूसँग परामर्श गरेका छन् ।
काठमाडौंको धुम्बाराहीस्थित निवासमा देउवाले जसपाका अध्यक्ष उपेन्द्र यादव र राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसँग अलग–अलग भेटवार्ता गरेका हुन् । भेटमा मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा गम्भीर छलफल भएको बुझिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुस २६ गते प्रतिनिधि सभाबाट विश्वासको मत लिने तयारी गरिरहेका बेला देउवाले शीर्ष भेटवार्ता गरेका हुन् । देउवाले स्टेप चाल्न थालेपछि प्रचण्डको सातोपुत्लो उड्न थालेको छ । देउवाले अन्य साना दल र स्वतन्त्र सांसदहरूसँग पनि सम्वाद गरिरहेका छन् ।
राप्रपा र जसपाले साथ दिएन भने प्रचण्डको सरकार अबको १ सय घण्टापछि ढल्ने सम्भावना छ । प्रचण्डलाई अल्पमतमा पारेर सभापति देउवाले कांग्रेसको नेतृत्वमा सरकार बनाउन सक्छन् । प्रचण्डले विश्वासको मत पाए भने उनको सरकार दुई वर्ष जान सक्छ । अन्यथा १ सय घण्टापछि ढल्न पनि सक्छ । सोही कारण प्रचण्ड तनाबमा छन् ।
प्रचण्ड पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । त्यस बेला प्रचण्डलाई ७ दलको समर्थन रहेको थियो ।
राप्रपाका १४ सांसद छन् । जसपाका १२ सांसद छन् । राप्रपा र जसपाका सांसदले मन्त्री पदको शपथ लिएका छैनन् ।
राप्रपाले सरकारमा सहभागी हुन पूर्वसर्तहरू राखेको छ । राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले नीति तथा कार्यक्रममा आफूहरूको माग सम्बोधन भएमा प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने बताए । अन्यथा सरकारमा सहभागी हुन नसकिने प्रवक्ता श्रेष्ठको भनाइ छ ।
राप्रपाले पुस २७ गते पृथ्वीजयन्तीका दिन सार्वजनिक बिदा दिन माग गर्दै आएको छ । राप्रपाले उप–प्रधानसहित चार मन्त्रालय पाउनुपर्नेलगायत पूर्वसर्त राखेको छ ।
कांग्रेसले राप्रपालाई बागमती प्रदेशको मुख्यमन्त्री दिन प्रस्ताव गरिरहेको छ । त्यति मात्रै होइन कांग्रेसले राप्रपालाई उप–प्रधानसहित आकर्षक मन्त्रालय दिन पनि प्रारम्भीक सहमति जनाएको छ । राप्रपालाई कांग्रेसले संवैधानिक पदहरूमा पनि भाग दिने प्रस्ताव गरेको छ ।
बागमती प्रदेशमा राप्रपाका १३ सांसद छन् । कांग्रेसका ३७ सांसद छन् । नेकपा (एकीकृत समाजवादी)का सांसदको समर्थन भएमा बागमतीमा राप्रपा, कांग्रेस र एकीकृत समाजवादीको सरकार बन्न सक्छ । बागमतीमा ११० सदस्यीय प्रदेश सभा छ । सरकार बनाउन ५६ सांसद चाहिन्छ ।
कांग्रेसले प्रचण्डको सरकार ढाल्न राप्रपाका अध्यक्ष लिङ्देनलाई प्रधानमन्त्री बनाउन सकिने प्रस्ताव गरेको पनि समाचार आइरहेका छन् ।
जसपाका अध्यक्ष यादव पनि कांग्रेससँग निकट छन् । यादवले जसपाका लागि उप–राष्ट्रपति मागेका छन् । अध्यक्ष यादव बारा– २ बाट निर्वाचित सांसद रामसाहयप्रसाद यादवलाई उप–राष्ट्रपति बनाउन चाहेका छन् । रामसाहयले छाड्ने क्षेत्रमा आफू उप–निर्वाचनमा प्रतिस्पर्धा गर्ने चक्करमा छन् ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया