कांग्रेस नेता एवम् सांसद महर्जन भन्छन्, ‘राष्ट्रिय सहमतिको सरकार बनाऔँ’

काठमाडौं । बागमती प्रदेश सभाका सांसद एवम् नेपाली कांग्रेसका युवा नेता मीनकृष्ण महर्जनले मुलुकमा राष्ट्रिय सहमति सरकारको आवश्यकता रहेको बताएका छन् ।

राजनीति अस्थिरताका कारण आम नेपाली जनतामा राजनीति दलप्रति निराशापन छाएको सांसद महर्जनले बताएका छन् । कुनै पनि दलको बहुमत नआएको अवस्थामा जनताको काम गर्नका लागि राष्ट्रिय सहमतिको सरकार आवस्यक रहेको उनले बताए ।
देशमा समानुपातिक प्रणालीका कारण पनि कुनै पार्टीको एकल बहुमत आउने परिस्थिति नरहेको उनले बताए ।

‘अबको निर्वाचनमा समानुपातिक प्रणालीको अन्त्य गरेर जसलाई जनताले पत्याउँछ उहि नेता जनप्रतिनिधि भएर आउँछ’, उनले भनेका छन् ।

नेता महर्जनले भने, ‘अबको राजनीति निकासको निम्ति कांग्रेस, एमाले माओवादी, अदृश्य रुपमा पूर्व राजाको समर्थन पाएका राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपा तथा मधेशवादी दल लगायत सबै पार्टी मिलेर राष्ट्रिय सहमति सरकारको निर्माण गरेर देशलाई निकास दिनुपर्छ ।’

मुलुकको विकास निर्माणमा सबै लाग्नुपर्ने प्रदेश सांसद महर्जनको भनाई छ । नेताहरूले एकअर्का पार्टीका नेताको खुट्टा तान्ने प्रबृत्ति निकै चिन्ताको विषय भएको महर्जनले बताएका छन् ।

देशमा समृद्धिको परिकल्पनाका साथ नेताहरू अघि बढ्नुपर्ने कांग्रेसका लोकप्रिय युवा नेता महर्जनले उल्लेख गरेका छन् । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा जनताले जसलाई विश्वासका साथ मत दिएर जनप्रतिनिधि बनाए ती जनप्रतिनिधिहरूले आ–आफ्नो क्षेत्रको विकास निर्माणमा लाग्नुपर्ने उनकाले बताएका छन् ।

‘जनताको इच्छा पूरा गर्न नसक्ने हो भने देश राजनीतिक अस्थिरतामा जाने निश्चिति भएको छ’, उनले भने, ‘विकासका बाधक नेताहरूलाई जनताले कदापि माफ गर्नेछैनन् ।’
बागमती प्रदेशका सांसद महर्जनले जनतासमक्ष चुनावका बेला गरिएका प्रतिवद्धता पूरा गर्नैपर्ने बाध्यता आफूहरूलाई रहेको पनि बताएका छन् । उनले जनताको काममा आफू दिनरात नभनेर काम गर्ने पनि दोहो¥याएका छन् ।

Published : Friday, 2023 January 6, 11:46 am

फेसबुकबाट तपाईको प्रतिक्रिया