प्रचण्डले विश्वासको मत लिने तयारी गरेकै बेला देउवाको कमब्याक
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादवले भेटवार्ता गरेका छन् ।
बिहीबार बिहान काठमाडौंको धुम्बाराही, चप्पलकारखानास्थित निवासमा देउवासँग यादवले भेटवार्ता गरेका हुन् । भेटमा मुलुकको समसामयिक विषयमा कुराकानी भएको छ ।
सभापति देउवा र अध्यक्ष यादवबीच पुस २६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिन लागेको विषयमा कुराकानी भएको बुझिएको छ ।
जसपाले प्रधानमन्त्री दाहाललाई यसअघि नै समर्थन गरिसकेको छ । पुस २६ गते विश्वासको मत लिने क्रममा जसपाले समर्थन गर्छ वा गर्दैन हेर्न बाँकी छ ।
जसपाका अध्यक्ष यादवले कांग्रेस सभापति देउवासँग मधेश प्रदेशको सरकार बनाउन कांग्रेसको समर्थन खोजेका छन् । देउवाले यादवलाई के जवाफ दएका हुन् बाहिर कुरा आएको छैन ।
सभापति देउवाले आफूलाई चुपचाप राखेका छन् । देउवाले सार्वजनिक रुपमा केही बोलेका छैनन् । देउवाले धुम्बाराहीमा बसेर भावी रणनीति बनाउन थालिसकेका छन् ।
कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले अहिलेको सरकारलाई स्वार्थको गठबन्धन भनेर कडा टिप्पणी गरिसकेका छन् ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया