‘जिगरवाला’ मेयर बालेनको कार्यले फेरि खैलाबैला
काठमाडौं । निर्वाचन आयोगको ज्यादतीविरुद्ध काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ले रिट दायर गरेका छन् ।
मंगलबार मेयर शाहले सर्वोच्चमा आयोगविरुद्ध रिट दिएका हुन् । शाहले सर्वोच्चमा रिट दिएपछि कान्तिपथस्थित आयोगको कार्यालयमा खैलाबैला भएको छ ।
मेयर शाहको रिट निवेदनको प्रारम्भीक सुनुवाइका लागि बुधबारका लागि पेशी तोकिएको छ ।
आयोगले शाहलाई निर्वाचन खर्च विवरण समयमा नबुझाएको भन्दै जरिवाना गराउने निर्णय गरेको थियो । आयोगको निर्णय चित्त नबुझेपछि मेयर शाह न्यायका लागि सर्वोच्च पुगेका छन् ।
काठमाडौं महानरपालिकाका मेयर शाहले कानूनले तोकेको समयावधीभित्र निर्वाचन खर्च विवरण बुझाएको जनाएका छन् ।
आयोगको ज्यादतीपूर्ण निर्णय खारेज गर्न मेयर शाहले रिटमा माग गरेका छन् ।
एक लाख २३ हजार ६ सय २४ जना उम्मेदवारलाई जरिवाना गर्ने निर्णय आयोगले गरेको थियो ।
६ महिनाभित्र विवरण नबुझाए ६ वर्षसम्म कुनै पनि निर्वाचनमा भाग लिन रोक लगाउने आयोगको निर्णय छ ।
निर्वाचित जनप्रतिनिधि स्वतः पदमुक्त हुने आयोग निर्णयलाई पनि बदर गर्न मेयर शाहले माग गरेका छन् ।
शाहले निर्वाचन आयोग निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेशको पनि माग गरेका छन् ।
मेयर शाहलाई आयोगले निर्वाचन खर्च विवरण पेश नगरेको भन्दै जरिवाना गर्ने निर्णय गरेको थियो ।
आयोगले मेयर शाहलाई ७ लाख ५० हजार जरिवाना गर्ने निर्णय गरेको थियो ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया