काठमाडौंमा खुकुरी हान्ने अखिलका तीन विद्यार्थीलाई क्याम्पसबाट निस्कासन

काठमाडौं । रत्न राज्यलक्ष्मी क्याम्पस (आरआर)ले खुकुरी प्रहार गर्ने तीन जना विद्यार्थीलाई क्याम्पसबाट निस्कासन गरेको छ ।

क्याम्पसबाट निस्कासन भएका तीन जना विद्यार्थी अखिलकै नेता कार्यकर्ता हुन् । काठमाडौंको प्रदर्शनीमार्गस्थित आरआर क्याम्पसमा पुस १३ गते बिहानी कक्षा सञ्चालन भइरहेका बेला क्याम्पसभित्र विद्यार्थी तीन जना विद्यार्थीले खुकुरी प्रहार गरेका थिए ।

खुकुरी प्रहार गर्न संलग्न रहेका विद्यार्थी कृष्ण गिरी, सबिन निरौला र जलप तामाङलाई आरआर क्याम्पसले निस्कासन गरिदिएको छ ।

क्याम्पस प्रमुख प्रा.डा. जीवनधर ज्ञवालीले खुकुरी प्रहारमा संलग्न तीन जना विद्यार्थीलाई निस्कासन गरिएको बताएका छन् ।

खुकुरी प्रहारबाट आरआरमा अनेरास्ववियूका अध्यक्ष मदन भण्डारी, उपाध्यक्ष लोकेश्वर खड्का र पवन खड्का, हर्क बोहरा घाइते भएका थिए ।

अखिल निकट विद्यार्थीबीच आन्तरिक विवाद हुँदा खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ । संगठनको अध्यक्ष कसलाई बनाउने भन्ने विषयमा छलफलको क्रममा उनीहरूबीच विवाद भएको थियो ।

Published : Tuesday, 2023 January 3, 1:15 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया