गृहमन्त्री लामिछानेकी पत्नी निकिताको झोलाको मूल्य कति ?
काठमाडौं । उप–प्रधान एवम् गृहमन्त्री रवि लामिछानेकी पत्नी निकिता पौडेल लामिछानेले बोकेको झोलालाई लिएर सामाजिक सञ्जालामा विभिन्न टिकाटिप्पणी भएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति समेत रहेका लामिछानेकी पत्नी निकिताले बोकेको ‘क्रिष्टियन डियोर’ ब्राण्डको झोलाको मूल्यका विषयमा चर्चा भएको हो । झोलाको मूल्य बास्तविक रुपमा कति हो ? त्यो खोजीको विषय होला । तर, गृहमन्त्रीकी पत्नीको झोलालाई लिएर सामाजिक सञ्जालमा बबण्डर नै भएको छ ।
लामिछाने उप–प्रधान एवम् गृहमन्त्री बनेपछि पत्नीसँग मन्दिरमा दर्शन गरेर फर्किन लागेका बेला निकिताले झोला हातमा बोकेकी छिन् । अगाडि पछाडि सुरक्षाकर्मीहरू छन् । गृहमन्त्री लामिछाने र निकिताले फूल माला लगाएका छन् ।
हाँस्यकलाकार मनोज गजुरेलकी पूर्वपत्नी मीना ढकालले सामाजिक सञ्जालमा तस्वीर सेयर गरेर मूल्यका बारेमा ब्याङ्गात्मक टिप्पणी गरेकी छिन् । उनले प्रश्न गर्दै लेखेकी छिन्, ‘गरिब देशका धनी भगुमान घर मन्त्रीका श्रीमतीले नबोके कसले बोक्ने त ?’
गृहमन्त्री लामिछाने र उनकी पत्नी निकिताको तस्बिर र झोलाको मूल्यलाई गोलो घेरा लगाएर ‘क्रोच जम्पर’ नामको फेसबुकमा राखिएको छ । सोही स्टाटसलाई ढकालले पनि सेयर गरेकी छिन् ।
झोलाको नेपाली मूल्य करीव ६ लाख ३२ हजार ७ सय ३६ रुपियाँ पर्ने स्टाटसमा लेखिएको छ । झोलाको मूल्य डलरमा ४८०० मूल्य रहेको देखाइएको छ ।
झोलाको मूल्य र आलोचनाका विषयमा प्रतिक्रिया लिन निकितासँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।



बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया