लुम्बिनी कांग्रेसले दियो एकताको सन्देश, चौधरी सर्वसम्मत नेता चयन
मसुरिया । नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभा संसदीय दलको नेतामा डिल्लीबहादुर चौधरी सर्वसम्मत नेता पदमा चयन भएका छन् ।
सोमबार बिहान बसेको बैठकले चौधरीलाई संसदीय दलको नेतामा चयन गरिएको प्रदेश सभाका सांसद एवम् लुम्बिनी कांग्रेसका उप–सभापति राजु खनालले जानकारी दिए ।
उप–सभापति एवम् प्रदेश सांसद खनालले भने, ‘संसदीय दलको नेता पदमा हामी धेरै आकांक्षी थियौं । अहिले मिलेर जानुपर्छ भनेर एकताको सन्देश दिन पनि डिल्लीबहादुर चौधरीलाई संसदीय दलको नेता पदमा चयन गरेका छौँ ।’
खनालले राजनीतिक संस्कार आफैबाट शुरु गर्नुपर्ने भन्दै पदका लागि सधैँ प्रतिस्पर्धा पनि नसुहाउने बताए ।
संसदीय दलको नेता पदमा निर्वाचित भएका चौधरी सभापति शेरबहादुर देउवा निकट मानिन्छन् ।
संसदीय दलको नेता पदका लागि चौधरीका साथै राजु खनाल, वीरबहादुर राना र अब्दुल रज्जाक आकांक्षी थिए ।
केन्द्रीय नेताहरूको निर्देशन र सभापति अमरसिंह पुन तथा उप–सभापति राजु खनालको विशष पहलमा चौधरीलाई सर्वसम्मत नेता चयन गरिएको छ ।
लुम्बिनी प्रदेशमा सभापति शेरबहादुर देउवा र गगन थापा–शेखर कोइराला समूहले नेता सर्वसम्मत चयन गरेर कांग्रेसभित्र एकताको सन्देश दिएका छन् ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया