लुम्बिनीका सांसदहरूले लिए शपथ

मसुरिया । लुम्बिनी प्रदेश सभाका सदस्यहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

आइतबार देउखुरीको मसुरियामा प्रदेश प्रमुख अमिक शेरचन समक्ष प्रदेश सभाका सांसदस्यहरूले शपथ लिएका हुन् ।

लुम्बिनी प्रदेशमा प्रत्यक्षतर्फ ५२ र समानुपातिकतर्फ ३४ गरी ८६ जना छन् ।

प्रदेश सभाका ८७ सांसदमध्ये आइतबार ८६ जनाले शपथ लिएका छन् ।

तीमध्ये एक जना राप्रपाबाट समानुपातिकतर्फकी सांसद बाँकेकी मीनाकुमारी श्रेष्ठ अनुपस्थित थिइन् ।

अन्य प्रदेशमा निर्वाचित प्रदेश सभा सदस्यमध्ये जेष्ठ सदस्यलाई प्रदेश प्रमुखले शपथग्रहण गराएर जेष्ठ सदस्यले अन्य सदस्यलाई शपथ गराउने गरेको भए पनि लुम्बिनी प्रदेशसभाले प्रदेशसभा नियमावली २०७९ लाई संशोधन गर्दै प्रदेश प्रमुखबाटै शपथग्रहण गराएको लुम्बिनी प्रदेशसभाका सचिव दुर्लभकुमार पुनले बताएका छन् ।

प्रदेशसभा सदस्यको शपथग्रहण समारोहमा लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचन, मुख्यमन्त्री कुलप्रसाद केसी, पूर्वमुख्यमन्त्री शंकर पोखरेल, पूर्वसभामुख पूर्णबहादुर घर्तीलगायतको उपस्थिति थियो ।

लुम्बिनी प्रदेशबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरू पनि शपथग्रहणमा उपस्थिति थिए ।

शपथग्रहण समारोहले आइतबार दाङको देउखुरीमा चलहपलह बढेको छ ।

निर्वाचित प्रदेशसभा सदस्य, पार्टीका केन्द्र र प्रदेशस्तरीय नेता, प्रतिनिधिसभाका सदस्य, प्रदेशका पूर्व र बहालवाला मन्त्री, स्थानीय तहका जनप्रतिनिधि, सर्वसाधरण र पार्टीका नेता कार्यकर्ताको देउखुरीमा केही दिनयता जमघट बढेको छ ।

९ जना सांसदले मातृभाषामा शपथग्रहण गरेका छन् । जनमत पार्टीका सुमन शर्मा रायमाझी, चन्द्रकेष गुप्ताले अवधि भाषामा शपथ लिएका छन् ।

जनता समाजवादीका भण्डारीलाल ऐर र आदेशकुमार अग्रवालले पनि अवधि भाषामा शपथ लिएका छन् ।

लोकतान्तिक समाजवादी पार्टीका कनैयालाल बनियाले पनि अवधि भाषामा शपथ छन् ।

नागरिक उन्मुक्ति पार्टीका राजकुमार चौधरी, धर्मबहादुर चौधरी, निर्मलादेवी थारु चौधरीले थारु भाषामा शपथ लिएका छन् ।

माओवादी केन्द्रकी कृष्णा कुश्मा थारुले थारु भाषामा शपथ लिएकी छिन् ।

Published : Sunday, 2023 January 1, 9:37 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया