चीनले पोखरा विमानस्थलबाट नेपालाई श्रीलंका बनाउने, मिटर ब्याजको ६० लाख जरिवाना गरायो

काठमाडौं । चीनले दिएको मिटरब्याजको पैसाबाट बनेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आइतबार उद्घाटन हुन लागेको छ ।

पोखरा विमानस्थलले बनाउन २२ अर्ब खर्च भएको छ । शुरुको लागतमा पटक–पटक रकम थप गरेर २२ अर्ब पु¥याइएको थियो ।

चीनले दिएको ऋणलाई नेपाल सरकारले समयमा तिर्न सकेन भने श्रीलंकाको अवस्था हुनेछ । नेपाललाई पोखरा विमानस्थलबाटै श्रीलंकाको अवस्था आउने चर्चा हुन थालेको छ ।

रिठेपानीको डाँडा काट्न करीव ४० करोड लाग्ने अनुमान छ । यो डाँडा शुरुमा काट्नुपर्ने तर, अहिले आएर चलखेल गरेर काट्न थालेका छन् । यो डाँडोका कारण दिउँसो उडान गर्न सहज भए पनि रात्रिकालीन उडान असम्भव छ ।

पोखरा विमानस्थलको आयोजना प्रमुख प्रदीप अधिकारी थिए । अधिकारी अहिले नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक छन् । अधिकारीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ठूलो रकम खर्च गरेर तामझामका साथ उद्घाटन गर्न लागेका छन् ।

पोखरा विमानस्थल निर्माणका क्रममा अर्बौं भ्रष्टाचार र घोटाला भएको भन्दै अधिकारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरीहरू परेका छन् । आयोगले आफ्नो तरिकाले अनुसन्धान गरिरहेको छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ऋणको किस्ता समयमा तिर्न नसक्दा चीनले करीव ६० लाख रुपियाँ प्राधिकरणसँग जरिवाना लिइसकेको छ । चीनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई आफ्नो नियन्त्रणमा लिने प्रयास गरिरहेको चर्चा पनि छ ।

चीनले आफ्नो एक्जिम बैंकको २२ अर्ब रुपियाँ ऋण र अनुदान सहयोगमा पोखरा अन्र्राष्ट्रिय विमानस्थल निर्माण गरिएको हो ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई चीनले नेपाल सरकारलाई करीब २ प्रतिशत ब्याजमा ऋण दिएको छ । चीनले ७५ प्रतिशत ऋण र २५ प्रतिशट अनुदान दिएको छ । वर्षमा चीनलाई १ अर्ब सावाँ र १ अर्ब ब्याज तिर्नुपर्छ । अन्यथा चीनले ठूलो रकम जरिवाना लिने गर्छ ।

विसं २०३२ मा विमानस्थलका लागि भनेर पहिलोपटक तीन हजार १०० रोपनी जमिन अधिग्रहण गरिएको थियो । जमिन अधिग्रहणको चार दशकपछि निर्माण प्रक्रिया सुरू भएको छ ।

आइतबार पोखरा अन्तर्राष्ट्रिय अन्तर्राष्ट्रिय विमानस्थलको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्नेछन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका निर्देशक विक्रम गौतमले विमानस्थल उद्घाटन कार्यक्रमलाई भव्य बनाउने बताएका छन् ।


पोखरा अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १८ घण्टासम्म सञ्चालनको लक्ष्य राखिएको छ । बुद्ध एयरले विमानस्थल उद्घाटनका दिनमा भारतको बनारससम्म उडानका लागि देशभित्र सबै प्रक्रिया पूरा गरेको छ ।

Published : Saturday, 2022 December 31, 8:46 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया