डीआईजी दुर्गा सिंहले पाइन् विशेष जिम्मेवारी, ठूलो चमत्कार गर्ने
काठमाडौं । नेपाल प्रहरीले निर्मला पन्तको बलात्कारपछि हत्याको घटना अनुसन्धान गर्न प्रहरी नायब महानिरीक्षक (डीआईजी)को नेतृत्वमा अर्को समिति बनेको छ ।
उप–प्रधान एवम् गृहमन्त्री रवि लामिछाने निर्देशनमा प्रहरी प्रधान कार्यालय, नक्सालले डीआईजी दुर्गा सिंहको नेतृत्वमा अनुसन्धान समिति गठन गरेको हो ।
डीआईजी सिंह केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)मा कार्यरत छिन् ।
समितिमा ब्यूरोका प्रहरी उपरीक्षक (एसपी) कमल थापा, प्रहरी निरीक्षक (ईन्स्पेक्टर) धिरेन्द्र रोकाया र मनोचिकित्सकहरू छन् ।
उनीहरूलाई निर्मला प्रकरणको अनुसन्धान नयाँ शिराबाट गर्न कार्यादेश दिइएको उच्च स्रोतले जनाएको छ ।
प्रहरी उपरीक्षक (एसपी) हुँदा सिंहले पनि कञ्चनपुर पुगेर निर्मला हत्या प्रकरणको अनुसन्धानमा खटिएकी थिइन् ।
२०७५ साल साउन १० गते कञ्चनपुरको भीमदत्त नगरपालिका– २, उल्टाखामकी १३ वर्षीया किशोरी निर्मला पन्तको शव भेटिएको थियो ।
कक्षा ९ मा पढ्ने बालिका पन्तको बलात्कारपछि हत्या भएको अनुसन्धानबाट देखिएको थियो ।
प्रहरीले घटनाको २५ दिनपछि मुख्य आरोपीका रुपमा स्थानीय दिलिपसिंह विष्टलाई सार्वजनिक गरेको थियो ।
स्थानीयले विष्ट मानिसक रोगी भएको दाबीसहित घटनामा संलग्न हुन नसक्ने बताउँदै आन्दोलन चर्काएका थिए ।
आन्दोलनलाई नियन्त्रणमा लिन त्यस बेला प्रहरीको गोली लागेर एकजनाको मृत्यु पनि भएको थियो ।
पन्तको भजाईनल स्वाब प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा परीक्षण गरिएको थियो ।
विष्टको डीएनएसँग निर्मलाको डीएनए म्याच नभएपछि भदौ २६ गते विष्ट छुटेका थिए ।
पन्तको बलत्कारपछि हत्याको घटनाले निकै ठूलो उथलपुथल ल्याइदिएको छ । गृहमन्त्री लामिछानेले यो विषयलाई टुंगामा पुर्याउन खोजेका छन् ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया