अन्तर्घात गर्नेहरूबारेमा कांग्रेसको नयाँ सूचना जारी

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले अन्तर्घात गर्नेहरूविरुद्ध उजुरी दिने म्याद थप गरेको छ ।

बुधबार समितिका सचिव प्रेम केसीले विज्ञप्ति जारी गरेर माघ गतेसम्म उजुरी दिने म्याद थप गरिएको जनाएका छन् ।

‘२०७९ साल मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका सन्दर्भमा पार्टीका उम्मेदवारलाई अन्तर्घात गरी असहयोग गरेको सम्बन्धमा परेका उजुरीहरू प्रदेश एवम् जिल्ला अनुशासन समितिबाट विधिवत निर्णय गरी केन्द्रीय अनुशासन समितिमा पठाउने र यदि प्रदेश एवम् जिल्ला अनुशासन समिति गठन नभएको अवस्थामा तत्काल अनुशासन समिति गठन गरी निर्णयसहित २०७९ पुस १५ गतेभित्र पठाउनुपर्ने भनि प्रदेश तथा जिल्ला कार्यसमितिलाई पत्राचार गरिएकोमा सो म्याद थप गर्नुपर्ने भनि सिफारिस प्राप्त हुन आएकाले उक्त समयावधि माघ १५ गतेसम्मका लागि बढाइएको जानकारी गराइन्छ’, विज्ञप्तिमा भनिएको छ ।

कांग्रेसका केन्द्रीय नेता र पदाधिकारीहरू नै अन्तर्घातमा लागेको आरोपहरू छन् ।

अन्तर्घात गरेर कांग्रेसका उम्मेदवारहरूलाई हराएर एमालेसहितका विभिन्न दलका उम्मेदवारलाई जिताएका उजुरीहरू प्रमाणसहित कांग्रेसमा धमाधम परिरहेका छन् ।

Published : Thursday, 2022 December 29, 10:11 am

फेसबुकबाट तपाईको प्रतिक्रिया