आरजुको ‘ग्याङ’ले यसरी सत्यानाश बनायो, को–को छन् सदस्य ?

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य समेत रहेकी समानुपातिक सांसद आरजु राणाको गलत सुझाव र हर्कतले ठूलो नोक्सानी भएको छ ।

सभापति शेरबहादुर देउवाकी पत्नी समेत रहेकी राणाले गलत नेता र मान्छेहरूको सँगत गर्दा कांग्रेसलाई नोक्सानी भएको हो । राणाले गर्दा कांग्रेसले प्रधानमन्त्री, राष्ट्रपति, सभामुख, मुख्यमन्त्री, राष्ट्रिय सभाका सांसद र अध्यक्ष लगायतका पदहरू गुमाएको छ ।

राणाले आफ्नो व्यक्तिगत स्वार्थका लागि विमलेन्द्र निधि, चन्दा चौधरीलाई बालुवाटार छिराउनु नै सबैभन्दा ठूलो आत्मघाती कदम थियो । विमलेन्द्र र चन्दाका गतिविधि निकै शंकास्पद रहे ।

देउवाविरुद्ध सभापतिमा उम्मेदवारी दिएर हराउने प्रयासमा लागेका निधिलाई आरजुले रातो कापेट बिच्छाएर बालुवाटार छिराइन् । जनकपुरमा आरजुको स्वागतमा निधि दुई घण्टासम्म कुरेर बसे ।

संसदीय दलको नेतामा पराजित हुनेवित्तिकै महामन्त्री गगन थापाले दिएको अभिव्यक्ति पनि गठबन्धन तोडिनुमा कारक रहेको छ । महामन्त्री जस्तो पदमा बसेको व्यक्तिले कुनै कुराको बिचार नै नगरेर बन्द कोठाभित्र हुने सहमतिलाई मान्य नहुने र कुनै दुर्घटना भए स्वयं जिम्मेवार हुनुपर्ने धम्की दिए ।

वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपति बन्ने सहमति थियो । पौडेल राष्ट्रपति बन्दा शेखर कोइराला र गगन थापालाई टाउको दुख्नुपर्ने कुरै थिएन ।

उप–सभापति पूर्णबहादुर खड्का, नेताहरू ज्ञानेन्द्रबहादुर कार्की, एन.पी. साउद, ईश्वरी न्यौपाने, आरजुका भाइ भुषण राणालगायतको गलत सुझाव र सल्लाहका कारण कांग्रेसले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई गठबन्धन बाहिर जान बाध्य बनाएको छ । उनीहरूले सभापति देउवालाई पहिलो चरणको प्रधानमन्त्री र राष्ट्रपतिबाट अडान नछाड्न दबाब दिइरहे ।

प्रचण्ड पनि कुशल खेलाडी हुन् । प्रचण्डले कांग्रेसले नै गठबन्धन तोडोस् भन्ने चाहन्थे । गठबन्धन तोडिएको जस कांग्रेसलाई लागोस् र एमालेसहितका दलसँग मिलेर जाने रुचि प्रचण्डको थियो ।

प्रचण्डले गिरिजाप्रसाद कोइराला र सुशील कोइरालालाई जस्तै अवस्थामा शेरबहादुर देउवालाई पुर्‍याएका छन् । त्यस बेला गिरिजाप्रसाद कोइराला र सुशील कोइराला स्वास्थ्यका कारण निकै कमजोर थिए । देउवा स्वास्थ्य होस् वा गणितको हिसावले बलियो अवस्थामा छन् । अहिलेको समय र परिवेश त्यस बेलाको जस्तो छैन । आरजुसहितको राष्ट्रिय र अन्तर्राष्ट्रिय ‘ग्याङ’का कारण देउवा तत्कालका लागि असफल देखिएका होलान् । देउवा कमजोर छैनन् । देउवालाई साथ दिनेहरू अझै पनि छन् ।

प्रचण्डले धोका दिँदै छन् भन्ने सूचना देउवालाई राम्रोसँग थाहा थियो । गृहमन्त्री समेत रहेका नेता बालकृष्ण खाणले आइतबार बिहान देउवालाई भेटेर कांग्रेसले धोका पाउन लागेको सूचना दिएका थिए । खाणले देउवालाई प्रचण्डलाई एक कार्यकालका लागि प्रधानमन्त्रीमा समर्थन गरेर राष्ट्रपति र सभामुख लिएर जान सुझाव दिएका थिए । देउवालाई आरजुको ग्याङले खाणको सुझाव कार्यान्वयन गर्न दिएन् ।

देउवा आफैमा गलत थिएनन् । देउवालाई आरजुको ग्याङ र विदेशी अदृश्य शक्तिको दवावमा अन्तिम समयमा बोल्ड निर्णय गर्न सकेनन् । पौडेललाई राष्ट्रपतिमा रोक्न पनि विदेशी अदृश्य शक्तिको ठूलो भूमिका छ ।

१४औँ महाधिवेशनका बेला पनि देउवाले आरजुलाई केन्द्रीय सदस्य पदमा उम्मेदवार नबन्न दवाव दिएका थिए । आरजुले देउवाको त्यो निर्देशनलाई पनि मानिन् । अदृष्य शक्तिको आदेशमा आरजुमा महत्वकांक्षा निकै पलाएर गयो । सभापति देउवाले समानुपातिकमा पनि आरजुलाई राख्न चाहेका थिएनन् । आरजुले नै नमानेर जबरजस्त रुपमा समानुपातिकमा नाम राखेकी हुन् ।

आरजुले पछिल्लो समय देउवाको आदेश र निर्देशन मान्न छाडेकी छिन् । सोही कारण देउवाले कांग्रेसले ८९ सिटका साथ पहिलो पार्टी बनाए । प्रदेशहरूमा पनि कांग्रेसलाई राम्रो पोजिशनमा ल्याउँदा पनि आरजुका कारण आलोचना खेप्न परेको छ । देउवाले राम्रो काम गर्दागर्दै पनि सहानुभूति र धन्यावाद पाएका छैनन् ।

हुन त प्रचण्डले राष्ट्रपति र प्रधानमन्त्री गुमाएर राजनीतिक यात्रामा पूर्णविराम लगाउने कुरै थिएन । देउवाले आफूलाई एक कार्यकालका लागि मात्रै प्रधानमन्त्री र सभापति भनेका छन् । देउवाले ठूलो दलको हैसियतमा प्रधानमन्त्रीमा दाबी गर्नु स्वभाविक थियो । तर, देउवाले यस पटक सत्ता लिप्सा देखाएनन् । प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गर्ने अवस्था रहेन होला । तर, देउवाले ईमान्दारिता देखाएका छन् ।

सत्ताकै लागि देउवाले गठबन्धनमा धोका दिएर एमालेसँग मिलेर सरकार बनाउने प्रयास गरेनन् । बरु देउवालाई भड्काउने कार्य विमलेन्द्र निधि र चन्दा चौधरीहरूले गरेका छन् । एमालेका अध्यक्ष खड्गप्रसाद ओलीसँग भेटेर विमलेन्द्र निधिले कांग्रेस र एमालेबीच गठबन्धन हुने भनेर समाचार लेखाएर प्रचण्डलाई भड्काउने कार्य गरिरहे । कांग्रेसमा ३ महिना अगाडि मात्रै चन्दा चौधरीले बालुवाटारभित्रै पत्रकार सम्मेलन गरे प्रचण्डलाई प्रधानमन्त्री दिन नसकिने भनेर अभिव्यक्ति दिइन् । गठबन्धन भत्किने यो पनि कारक थियो ।

Published : Monday, 2022 December 26, 10:27 am

फेसबुकबाट तपाईको प्रतिक्रिया