बार्दलीमा पुगेपछि प्रचण्डले कांग्रेस र माधवलाई नराम्रोसँग धोका दिए
काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसलाई पुनः धोका दिएका छन् ।
अन्तिम समयमा आइतबार दाहाल एमालेसँग मिल्ने निर्णय गरेर कांग्रेसलाई चकित तुल्याइदिएका छन् । कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपति मागेको थियो । सभामुख माओवादीलाई दिने कांग्रेसको प्रस्ताव थियो । कांग्रेस सभापति शेरबहादुर देउवाले दुई वर्ष प्रधानमन्त्री बन्न सहयोग मागेका थिए । तर, दाहालले देउवाको प्रस्तावलाई सिधै अस्वीकार गरेर एमालेसँग मिल्न गए ।
दाहालले देउवाको प्रस्ताव अस्वीकार गरेर बालकोट पुग्नेवित्तिकै दुई घण्टामा सहमति बनेको थियो । त्यो सहमति बन्न पूर्व तयारी थियो । माओवादी केन्द्रका अध्यक्ष दाहालले कांग्रेसलाई धोका दिँदै गठबन्धन तोडेका छन् ।
दाहालले एमालेलाई राष्ट्रपति र सभामुख दुबै पद दिने सहमति गरेको छ । प्रधानमन्त्रीमा दाहाल र ओलीबीच आधा–आधा लिने सहमति भएको छ ।
गठबन्धनमा रहेका नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा र लोकतान्त्रिक समाजवादी पार्टी भने दाहालको पछि लागेका छैनन् । यद्यपि, एकीकृत समाजवादीका दुई जना सांसद प्रेमबहादुर आले र किसान श्रेष्ठ भने दाहाल–ओलीको पुच्छर बनेर शीतल निवास पुगेका छन् ।
सत्ता गठबन्धनबाट चुनाव लडेका एकीकृत समाजवादीले १० लोकतान्त्रिक समाजवादी पार्टीले ४ सिट र राष्ट्रिय जनमोर्चाले १ सिट जितेका थिए ।
माओवादीले प्रत्यक्ष र समानुपातिक गरी जम्मा ३२ सिट जितेको छ । कांग्रेसले चाहिँ प्रत्यक्ष र समानुपातिक गरी जम्मा ८९ सिट जितेको छ ।
कांग्रेस र माओवादी केन्द्रबीच सबै कुरा मिले पनि पहिला कसको नेतृत्वमा सरकार गठन हुने भन्ने विषयमा सहमति नभएपछि दाहाल गठबन्धन तोडेर एमाले कित्तामा लागेका हुन् ।
बिक्रम संवत २०७४ सालको स्थानीय चुनावमा कांग्रेससँग तालमेल गरेर चुनाव लडेको माओवादी २०७४ को प्रतिनिधि सभा र प्रदेश सभामा चाहिँ एमालेतिर लागेर पहिलो पटक राजनैनितक धोका दिएको थियो ।
२०७७ सालमा एमालेका अध्यक्ष ओलीले दुईतिहाई बहुमतसहितको सरकारलाई विघटन गरेर मध्यावधि चुनावको घोषणा गरेपछि माओवादीका अध्यक्ष दाहालले ओलीको साथ छोड्दै देउवातिर लागेर देउवालाई प्रधानमन्त्री बनाउन सहयोग गरेका थिए ।
यसपटक पहिलाको गुन तिर्नभन्दै दाहालले देउवालाई आग्रह गर्दै प्रधानमन्त्रीमा सहयोग गर्न भनेका थिए । देउवाले दाहालको नेतृत्वमा सरकार गठन गर्न सहयोग नगरेपछि गठबन्धन तोडिएको छ । पहिलो र दोस्रो दललाई जिल्लाउँदै तेस्रो दलको माओवादीले भावी सरकारको नेतृत्व गर्न लागेको छ ।
दाहाल प्रधानमन्त्रीमा नियुक्त समेत भएका छन् । दाहाललाई राष्ट्रपति विद्यादेवी भण्डारीले दाबी पेश गरेको एक घण्टाभित्रै प्रधानमन्त्रीमा नियुक्त गरेकी छिन् ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया