जेठाजु र बुहारीको लफडा, बबाली बनिन् बुहारी
काठमाडौं । झापामा ५५ वर्षीय पदमलाल बास्तोलाको हत्या गरेको अभियोगमा एक महिला पक्राउ परेकी छिन् ।
कन्काई नगरपालिका–४ बस्ने ५५ वर्षीय पदमलाल बास्तोलाको हत्या गरेको अभियोगमा ४८ वर्षीया रनमाया बास्तोलालाई शुक्रबार प्रहरीले पक्राउ गरेको जनाएको छ । पदमलाल र रनमाया नाताले जेठाजु र बुहारी हुन् ।
शिवसताक्षी नगरपालिका–१० टेक्रास्थित माईखोलाको बगरको कासघाँरीमा बिहीबार पदमलाल बास्तोला मृत अवस्थामा फेला परेका थिए ।
घटनाको अनुसन्धानको क्रममा रनमायाले बुधबार मृतकसँग घाँस काट्न गएको बेला हसियाँ प्रहार गरी हत्या गरेको खुल्न आएको हो ।
हत्याको घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
Published : Saturday, 2022 December 24, 11:10 pm
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया