ओखलढुङ्गामा बालिकालाई बलात्कार, बुढो मान्छे पक्राउ
काठमाडौं । ओखलढुङ्गामा१० वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा चम्पादेवी गाउँपालिका–३ सिल्कुबेसी बस्ने ६८ वर्षीय शुक्रबहादुर मगरलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको जनाएको छ ।
शुक्रबहादुरले ती बालिकालाई मंसिर २२ गते साँझ सोही ठाउँस्थित खेतको मतान घरमा जबरजस्ती करणी गरेको प्रहरीमा उजुरी परेको थियो ।
उजुरीको आधारमा प्रहरी चौकी पलापुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
Published : Saturday, 2022 December 24, 12:05 pm
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया