बाल गायक सचिन परियार अस्पताल भर्ना
काठमाडौं । बाल गायक समेत रहेका सचिन परियार बिरामी परेका छन् ।
लोक दोहोरी तथा विभिन्न टेलिसिरियल र युट्युबमा अन्तर्वार्ता दिएर चर्चामा आएका परियार बिरामी रहेको खबर सार्वजनिक भएको छ ।
परियारलाई काठमाडौंस्थित टिचिङ अस्पतालमा भर्ना गरेर उपचार भइरहेको आफन्तले जनाएका छन् ।
परियारको उपचारमा आर्थिक समस्या रहेको थाहा पाएपछि इसा फाउण्डेसन मार्फत २० हजार आर्थिक सहयोग गरेको फाउन्डेसनका सचिव कमल सरगमले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।
थप आर्थिक सहयोगको पनि खाँचो रहेको कमलले उल्लेख गरेका छन् ।
सामाजिक सञ्जालको प्लेटफमबाट चर्चामा आएका सचिनले केही समय निक्कै चर्चा कमाएका थिए ।
९ वर्षको कलिलो उमेरमा चर्चामा आएका सचिनको हँसिलो अनुहार, चञ्चलता र मीठास पूर्ण बोलीको धेरै म्युजिक भिडियोदेखि लाइभ दोहोरीसम्म काम गरेका छन् ।
परियार गुल्मीका स्थायी बासिन्दा हुन् । परियार युट्युबमा मात्रै होइन टिकटकमा पनि हिट थिए ।
परियार अहिले अस्पतालको बेडमा भेटिएका छन् । बोल्न समेत नसक्ने अवस्थामा छोराको उपचार गराइरहेकी सचिनकी आमाले आर्थिक संकट परेको बताएकी छिन् ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया