सरकारी विद्यालयमा पढेर आएको सामान्य व्यक्ति हुँ : विनोद चौधरी
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभाका सांसद विनोद चौधरीले आफू सामुदायिक विद्यालयमा पढेरै आएको बताएका छन् ।
प्रतिनिधि सभाको पहिलो बैठकमा बिहीबार पद तथा गोपनीयताको शपथ लिएपछि पत्रकारहरूसँग संक्षित कुरा गर्दै चौधरीले आफू ग्राउण्डबाटै उठेर माथि आएको व्यक्ति भएको बताए । उनले दुःखलाई आफूले राम्रोसँग बुझेको बताए ।
‘म ग्राउण्डबाटै उठेको मान्छे हुँ । सामुदायिक स्कुलमा पढेको मान्छे हुँ’, नेता चौधरीले भने, ‘जनताले जस्तो जीवनयापन गर्छन् त्यस्तै जीवनयापन गर्न मलाई कुनै अफ्ठ्यारो भएन ।’
उनले भने, ‘चुनावका बेला जनताको विश्वास प्राप्त गर्न सकेँ । सोही कारण निर्वाचनमा विजयी पनि भएको छु ।’
कांग्रेस सांसद चौधरीले अबका दिनमा जनताको माग र इच्छा पूरा गर्नुनै आफ्नो उदेश्य रहेको बताएका छन् ।
उनले चुनौतिलाई सामना गरेर अगाडि बढ्ने कुरा नै सबैभन्दा उचित कार्य रहेको बताएका छन् ।
विश्वको धनाढ्य सूचीमा परेका कांग्रेस नेता चौधरी मेहनती व्ययवसायी हुन् । उनले साधारण परिवारमा जन्मिएर विश्वप्रसिद्ध हुने गरेर व्यवसाय गरेका छन् ।
नेता चौधरी अर्थतन्त्रका जानकार हुन् । उनलाई परराष्ट्रका विषयमा पनि राम्रो जानकारी छ ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया