बदनाम महानिर्देशकको देउवाले सातो लिएपछि ग्राउण्ड ह्याडेलिङको निर्णय खोसियो

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीको सातो लिएपछि साईजमा आएका छन् ।

प्रधानमन्त्री देउवाले केही दिन अगाडि प्राधिकरणका महानिर्देशक अधिकारीलाई बालुवाटार बोलाएर नेपाल वायुसेवा निगमबाट खोसेर ग्राउण्ड ह्याण्डेलिङ चिनियाँ लगानीको हिमालय एयरलाईन्सलाई दिने हर्कतप्रति आक्रोश पोखेको थिए ।

प्रधानमन्त्री देउवा रिसाएपछि महानिर्देशक अधिकारीले हिमालय एयरलाईन्सलाई दिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउण्ड ह्याण्डेलिङ खोसेका हुन् ।

हिमालय एयरलायन्सको पाउँदै आएको ग्राउन्ड ह्यान्डलिङको अधिकार खोसिएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले एयरलाइन्सलाई एक पत्र पठाउँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सेल्फ ग्राउण्ड ह्याण्डलिङ्ग प्रयोजनका लागि इक्यूमेन्ट यन्त्र उपकरण आदि व्यवस्थापन गर्न हाल स्थान उपलब्ध गराउने अवस्था नरहेको जनाएको छ ।

जसअनुसार गत भदौ २८ तथा असोज ४ गते मा प्रदान गरिएको सेल्फ ग्राउण्ड ह्याण्डलिङ्ग सेवा अनुमति प्रमाणपत्र तथा त्यसको नवीकरण कार्य अर्को निर्णय नभएसम्मलाई स्थगन गरिएको प्राधिकरणले जनाएको छ ।

आफूभन्दा सिनियरहरूलाई ठेगान लगाएर प्राधिकरणको महानिर्देशक बनेका अधिकारीले चिनियाँ लगानीकर्ताहरूलाई पोस्ने हर्कत गरिरहेका छन् । अधिकारीको हर्कतबाट नेपालको सम्बन्ध अरु मित्र राष्ट्रसँग बिग्रिने अवस्थामा पुगेको छ ।

Published : Thursday, 2022 December 22, 11:09 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया