शपथ लिँदा ओखढुंगाका जनतालाई सम्झिएर भक्कानिए रामहरि खतिवडा
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका नवनिर्वाचत सांसद रामहरि खतिवडाले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
बिहीबार पहिलो पटक बसेको प्रतिनिधि सभाको बैठकमा खतिवडाले पद तथा गोपनीयताको शपथ लिएका हुन् । खतिवडाले नेपाली भाषामा शपथ लिएका छन् ।
खतिवडाले भनेका छन्, ‘आज संसदको सपथ कार्यक्रममा सहभागी भएँ । ओखलढुंगाका मतदाताप्रति फेरि आभारी छु । म सधैं नेपाल देश र नेपाली जनताको पक्षमा निरन्तर काम गर्नेछु ।’
दौरा, सुरुवा र टोपीमा सजिएका कांग्रेसका युवा नेता खतिवडाले संसदमा दोस्रो पटक आफ्नो उपस्थिति जनाएका हुन् ।
दोस्रो संविधान सभाका बेला ओखलढुंगाबाट जितेर आएका खतिवडाले संविधान बनाएका थिए ।
यस पटक प्रतिनिधि सभामा लोकप्रिय मतसहित जितेर आएका कांग्रेस नेता खतिवडाले विकासको विषयलाई पहिलो प्रथामिकतामा राखेका छन् ।
खतिवडाले संक्षिप्त प्रतिक्रिया दिँदै मुलुकले विकास र उन्नति खोजेको बताएका छन् । उनले भने, ‘हामी सबैले सांसदको भूमिकामा बसेर जनताको सेवा गर्ने हो । कुर्सी वा गाडीमा बसेर मोज गर्ने छुट छैन ।’
सांसद खतिवाले समानुपातिक होस् वा निर्वाचित भएर आएका सांसद हुन् सबैले जनताप्रति बफादार भएर काम गर्नुपर्ने बताएका छन् ।
खतिवडाले एमालेका यज्ञराज सुनुवारलाई लोकप्रिय मतसहित पराजित गरेर प्रतिनिधि सभामा स्थान बनाएका हुन् ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया