सभापति बानियाँले दिए देउवालाई बधाइ

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेता पदमा निर्वाचित भएकोमा बागमती प्रदेश कार्यसमितिका सभापति ईन्द्रबहादुर बानियाँले बधाइ दिएका छन् ।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा देउवालाई भेटेर बानियाँले बधाइ दिएका हुन् । उनले सभापति देउवाका कारण कांग्रेस निर्वाचनमा ठूलो दल बनेको भन्दै धन्यावाद पनि दिएका छन् ।

देउवालाई सभापति देउवालाई नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिका पदाधिकारी र संसदीय दलको नेता चयन गर्न बनेको निर्वाचन समितिले पनि भेट गरेको छ ।

बागमती कांग्रेसका सभापति बानियाँले आगामी दिनमा सभापति देउवाको नेतृत्वमा मुलुकले विकास र समृद्धिमा सफलता पाउने जनाएका छन् ।

सभापति देउवाले संसदीय दलको नेता पदमा बुधबार भएको निर्वाचनमा झण्डै दुईतिहाई बहुमतका साथ निर्वाचित भएका थिए ।

सभापति देउवाले ६४ मत पाएका थिए । महामन्त्री गगन थापाले २५ मत पाएका थिए । देउवाले भारी मतको अन्तरले थापालाई हराइदिएका छन् ।

Published : Thursday, 2022 December 22, 1:17 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया