अख्तियारमा महानिर्देशकका कर्तुतहरूले कोठै भरिन थाल्यो, आफ्नै कर्मचारीहरू दिक्क
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीका कर्तुतहरूको ‘ठूलो बहिखाता’ अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा जम्मा भएर बसेको छ ।
अख्तियारले अधिकारीका कर्तुतहरूको छानविन गरिरहेको स्रोतले जनाएको छ । अधिकारी महानिर्देशक बन्नुभन्दा अगाडि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको आयोजना प्रमुख भएर बसेका थिए । ती दुई विमानस्थल निर्माणका क्रममा गलत मनसाय राखेर राज्यलाई ठूलो नोक्सानी पुर्याएको भनेर अधिकारीविरुद्ध अख्तियारमा प्रमाणसहित उजुरीहरू परेका छन् ।
अधिकारीले ठूला–ठूला घोटाला गरेको तथ्याङ्कसहितका आरोपका उजुरीहरूमाथि अख्तियारले सुक्ष्म ढंगले कारबाही अगाडि बढाएको बुझिएको छ । महानिर्देशक अधिकारीविरुद्ध परेका उजुरीहरूका केही निवेदनहरू रिपब्लिका दैनिकलाई पनि प्राप्त भएका छन् ।
उजुरी पर्नेवित्तिकै अख्तियारले आरोपीलाई ‘एक्सन’ लिइहाल्दैन । आरोपित व्यक्ति फुत्किन नपाओस् भनेर अख्तियारको टोलीले सुक्ष्म रुपमा अध्ययन र अनुसन्धान गरेर ती फाइलहरूलाई अगाडि बढाउने गर्छ ।
प्राधिकरणका महानिर्देशक अधिकारीका उजुरीहरूमाथि पनि अनुसन्धान भइरहेका छ । यो कुरा अधिकारीलाई राम्रोसँग जानकारी छ ।
महानिर्देशक अधिकारीले भुक्तानी गर्ने बेला कमिशन रकम पहिला नै लिने गरेको भनेर तनाबमा परेकाहरूले अख्तियारमा उजुरी दिएका छन् ।
महानिर्देशक अधिकारीले आफू खुसी तजबिजको आधारमा निकटका व्यक्तिलाई ठेक्का दिने गरेका उजुरी पनि अख्तियारमा परेका छन् ।
आफूभन्दा सिनियर कर्मचारीलाई उछुनेर महानिर्देशक पद अधिकारीले हातपारेका हुन् । जुनियर अधिकारीलाई महानिर्देशक बनाउने कार्य तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले गरेका हुन् । आलेले अधिकारीलाई किन ? महानिर्देशक बनाए खोजीको विषय बनेको छ ।
अधिकारीभन्दा पहिला प्राधिकरणको महानिर्देशक राजकुमार क्षेत्री थिए । मन्त्री आलेलाई रिझाएर अधिकारीले क्षेत्रीलाई हटाएर महानिर्देशक बनेका थिए ।
समयमावधि हुँदाहुँदै अधिकारीलाई महानिर्देशक बनाएपछि अन्याय भएको भन्दै क्षेत्री सर्वोच्च अदालत पुगेका छन् । क्षेत्रीलाई काम गर्न दिनुभनेर सर्वोच्चले आदेश दिएको छ । तर, अधिकारीले क्षेत्रीलाई भित्र छिर्नै दिएनन् ।
महानिर्देशक अधिकारीलाई सर्वोच्चमा रहेको मुद्धाका कारण ठूलो तनाब छ । सर्वोच्चले अधिकारीलाई फाल्न पनि सक्छ । वा, राख्न पनि सक्छ । अधिकारी दोधारमा छन् । अधिकारीले आफ्नो मुद्धालाई लम्बाएर पदमा बसिरहन चाहन्छन् ।
यसैबीच, महानिर्देशक अधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरलाई अधिकार बिहीन बनाएर राखेका छन् । महानिर्देशक अधिकारीले महाप्रबन्धक ठाकुरलाई एक लाखभन्दा माथिको खर्च गर्दा स्वीकृति लिनुपर्ने व्यवस्था गरिदिएका छन् ।
एक लाख बराबरको खर्च गर्नुपर्दा महाप्रबन्धक ठाकुरले महानिर्देशक अधिकारीको अनुमति लिनुपर्छ ।
त्रिभुवन विमानस्थलमा करोडौंको कारोबार र हिसाब किताब हुन्छ । त्यसको कमिशनका लागि अधिकारीले ठाकुरलाई यो व्यवस्था लागू गरिदिएको आरोप छ ।
महानिर्देशक अधिकारीले आफ्ना ‘भजनमण्डली’लाई राखेर तल्लोस्तरको अभिव्यक्तिमा बोल्ने गरेको चर्चा बबरमहलस्थित प्राधिकरणको कार्यालयमा हुने गरेको छ । अधिकारीले निकै तल्लोस्तरका शब्दसहित बोल्ने गरेको कर्मचारीहरूकै भनाइ छ ।
आरोपहरूका बारेमा प्रतिक्रिया लिन प्रयास गर्दा महानिर्देशक अधिकारीसँग सम्पर्क हुन सकेन ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया