चीनमा कोरोना ह्वात्तै बढ्यो, चेक गर्दागर्दै चिकित्सक ढले

काठमाडौं । चीनमा कोरोना महामारी बढेपछि सर्वसाधारण तनाबमा परेका छन् ।

चीनमा कोरोनाको भयाबह अवस्था सिर्जना भएको सामाजिक सञ्जालमा भिडियोहरू भाईरल भएका छन् । प्रतिवन्धलाई खुकुलो बनाइएसँगै चीनमा कोरोना महामारीको भयावह अवस्थामा पुगेको छ ।

हालै चीनको एक अस्पातलमा बिरामीको चाप बढेसँगै बिरामीहरूलाई भुइँमा राखेर उपचार गरिएको भिडिओ सार्वजनिक भएको छ ।

भिडिओमा बिरामीहरूलाई भुइँमा राखेर केही अटोमेटेड मेसिनद्वारा सीपीआर दिइएको छ । चिकित्सकहरू पनि उपचार्थ खटिएको देख्न सकिन्छ ।

टेलीग्राममार्फत सार्वजनिक भएको भिडिओमा कोरोना महामारीका बिरामीको अत्याधिक चाप ह्याण्डल गरिरहेका एकजना चिकित्सक एक्कासि बेहोस भएको देखिएको छ ।

एकपछि अर्का बिरामीको उपचारमा खटिएका चिकित्सक अचानक आफ्नो कुर्सीमा बेहोस भएपछि अन्य चिकित्सकहरूले उनलाई अन्यत्र सारेको भिडिओमा देख्न सकिन्छ ।

कोरोना भेरियन्ट बिएफ. ७ बाट संक्रमित बिरामीहरूको कारण चीनका अधिकांश अस्पतालहरूमा बिरामीको चाप अत्याधिक रहेको छ ।

आगामी ९० दिनभित्र चीनको कुल जनसंख्याको ६० प्रतिशत र विश्व जनसंख्याको १० प्रतिशत जनसंख्या कोरोनाबाट संक्रमित हुने बताइएको छ ।

Published : Wednesday, 2022 December 21, 9:20 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया