रामहरिले दिए देउवालाई बधाइ, पौडेल-खड्का-राणा उपस्थित

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् नवनिर्वाचित सांसद रामहरि खतिवडाले सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाइ दिएका छन् ।

बुधबार बालुवाटारमा सभापति देउवालाई भेटेर खतिवडाले संसदीय दलको नेता पदमा अत्याधिक मतका साथ निर्वाचित भएकोमा बधाइ दिएका हुन् ।

सभापति देउवा दलको नेतामा झण्डै दुईतिहाई बहुमतका साथ निर्वाचित भएका छन् ।

खतिवडाले सभापति देउवालाई बधाइ दिने क्रममा वरिष्ठ नेता रामचन्द्र पौडेल, उप–सभापति पूर्णबहादुर खड्का र केन्द्रीय सदस्य आरजु राणाको उपस्थिति रहेको थियो ।

सभापति देउवासँग महामन्त्री गगन थापा संसदीय दलको नेता पदमा पराजित भएका छन् । थापाले जम्मा २५ मत पाएका थिए । देउवाले ६४ मत पाएका थिए ।

कांग्रेसका समानुपातिक र प्रत्यक्षमा गरेर ८९ मत रहेको छ ।

Published : Wednesday, 2022 December 21, 5:54 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया