दुईतिहाई मतका साथ देउवाको शानदार जित, गगनलाई आफ्नैले धोका दिए

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा ६४ मतका साथ निर्वाचित भएका छन् ।

बुधबार बिहान निर्वाचन समितिका संयोजक भीष्मराज आङ्दम्बेद्वारा जारी विज्ञप्तिअनुसार देउवाले ६४ मत पाएका छन् ।

प्रतिद्वन्द्वी महामन्त्री समेत रहेका नेता पदका उम्मेदवार गगनकुमार थापाले जम्मा २५ मत पाएका छन् ।

संसदीय दलको नेता पदमा निर्वाचित हुन ५० प्रतिशतभन्दा धेरै मत पाउनुपर्छ । देउवाले झण्डै दुईतिहाई मतका साथ संसदीय दलको नेता पदमा निर्वाचित भएका छन् ।

महामन्त्री थापालाई आफ्नै टिमबाट ठूलो घात भएको छ । थापाले करीव ३५ मतको अपेक्षा राखेका थिए ।

थापालाई संसदीय दलको नेता पदमा उम्मेदवार बनाउन सहयोग गर्नेहरूबाटै धोका भएको चर्चा गगन समूहले लगाएको छ ।

Published : Wednesday, 2022 December 21, 11:11 am

फेसबुकबाट तपाईको प्रतिक्रिया