कांग्रेसकी केन्द्रीय सदस्य समेत रहेकी सांसदले काठमाडौंमा सन्तानलाई जन्मदिइन्
काठमाडौं । नेपाली कांग्रेसकी समानुपातिक सांसद माया राईले सन्तानको जन्म दिएकी छिन् ।
काठमाडौंको चाबहिलमा रहेको ओम अस्पतालमा सांसद राईले सन्तानलाई जन्मदिएकी हुन् ।
सांसद राई अस्पतालमा भएकाले संसदीय दलको नेता पदको निर्वाचनमा सहभागी हुन आउन सकिनन् । तर, निर्वाचन समितिका सदस्यहरू अस्पतालमा पुगेर सांसद राईलाई मतदान गर्ने व्यवस्था मिलाइदिएका छन् ।
सांसद राईको स्थायी घर भोजपुरमा पर्छ । उनी सभापति शेरबहादुर देउवा निकट मानिन्छिन् ।
यसैबीच, संसदीय दलको निर्वाचनको मतदान सम्पन्न भएको छ । मतदानमा कांग्रेसका ८९ जना सांसद सहभागी भएका छन् ।
संसदीय दलको नेता पदका लागि सभापति शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापा प्रतिस्पर्धामा छन् ।
दलको नेता पदमा देउवाको जित सुनिश्चित छ । देउवा प्रधानमन्त्री बन्ने पनि पक्का जस्तै छ ।

बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया