बागमतीमा पनि कांग्रेसको दलको नेता चयन प्रक्रिया शुरु, चर्चा क–कसको ?
काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिले संसदीय दलको नेता पद चयनको निर्वाचनका लागि पाँच सदस्यीय समिति गठन भएको छ ।
मंगलबार ललितपुरमा बसेको बागमती कांग्रेसको बैठकबाट उप–सभापति चन्द्र महर्जनको संयोजकत्वमा निर्वाचन समिति गठन भएको हो ।
सभापति ईन्द्रबहादुर बानियाँले दलको नेता चयनको निर्वाचनका लागि समिति गठन गरेका हुन् ।
समितिको सदस्यमा महामन्त्री राजु श्रेष्ठ, सह–महामन्त्री ऋषिराम घिमिरे, सदस्यद्वय गंगा दाहाल र सानु श्रेष्ठलाई चयन गरिएको विज्ञप्तिमा उल्लेख छ ।
बागमती कांग्रसले प्रदेश सरकरको नेतृत्व गर्ने वा अरु विकल्पमा जाने विषयमा केन्द्रसँग समन्वय गरी आवश्यक निर्णय लिने अधिकार प्रदेश कार्यसमितिका सभापति बानियाँलाई दिएको छ ।
बागमती कांग्रेसले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सफलतापूर्वक सम्पन्न गरेको भन्दै प्रधानमन्त्री एवम् सभापति शेरबहादुर देउवालाई धन्यावाद दिएको छ ।
बागमती प्रदेश कांग्रेसको संसदीय दलको नेताका लागि दुई जनाको दाबी देखिएको छ । सभापति बानियाँ र केन्द्रीय सदस्य बहादुरसिंह लामाको चर्चा छ ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया