प्रमुख सेनानीको नेतृत्वमा २६७ सैनिक विदेश प्रस्थान
काठमाडौं । नेपाली सेनाले २६७ जना सैनिकलाई कंगो पठाएको छ ।
सोमबार नेपाल वायुसेवा निगमको जहाजबाट कंगोमा तैनाथ श्री फष्ट राईफल गण (शान्ति सेना) २८औँ डफ्फालाई बदली गर्नको लागि श्री नरसिंह दल गण २९औँ डफ्फाको पहिलो टोली कंगो प्रस्थान गरेको हो ।
प्रमुख सेनानी गोविन्द भुजेलको नेतृत्वमा काठमाडौंबाट मिशन ईलाकातर्फ प्रस्थान गरेको सेनाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
उक्त मिशनमा तैनाथ श्री फष्ट राईफल गण (शान्ति सेना) २८औं डफ्फाको पहिलो टोलीका २५५ जना नेपाली शान्ति सैनिकहरू सेनानी डम्बरसिंह ठकुरीको नेतृत्वमा मिति २०७९ पुस ०५ गते स्वदेश आगमन हुने कार्यक्रम रहेको छ ।
संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापना कार्यको लागि नेपाली सेना विगत लामो समयदेखि संसारका विभिन्न मुलुकहरूमा कार्यरत यूएन मिशनहरूमा खट्टिइ शान्ति स्थापना कार्यमा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।


बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया