चिकित्सक संघमा कांग्रेसका ५ जना निर्विरोध, एमालेले धेरै पदमा उम्मेदवार पाएन, क-कसको उम्मेदवार दर्ता ?

काठमाडौं । नेपाल चिकित्सक संघको नयाँ कार्यसमितिका लागि विभिन्न पदमा ४१ जनाको उम्मेदवारी परेको छ ।

सोमबार काठमाडौंमा सुरु भएको निर्वाचन प्रक्रियामा अध्यक्षदेखि सदस्यसम्म ४१ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।

नेपाली कांग्रेस निकटको चिकित्सकहरूको प्रजातान्त्रिक समूह र एमाले समर्थक चिकित्सकहरूको प्रगतिशील तथा केहीले एकल उम्मेदवारी दर्ता गराएका छन् ।

प्रजातान्त्रिक प्यानलबाट सबै पदमा उम्मेदवार उठाइएको छ । प्रगतिशील प्यानलले केही पदबाहेक अधिकांशमा उम्मेदवार उठाएको छ ।

केही चिकित्सकले एकल रुपमा उम्मेदवारी दिएका छन् । प्रजातान्त्रिक प्यानलका पाँच जना निर्विरोध निर्वाचित भइसकेका छन् ।

संघको वरिष्ठ उपाध्यक्ष, लुम्बिनी र कर्णाली प्रदेश उपाध्यक्ष, सह–कोषाध्यक्ष र सह–सचिवमा निर्विरोध निर्वाचित भएका छन् ।

वरिष्ठ उपाध्यक्षमा डा.बद्री रिजाल, लुम्बिनी प्रदेश उपाध्यक्षमा डा.नन्दाकुमारी गुरुङ, कर्णाली प्रदेश उपाध्यक्षमा डा.केशरबहादुर ढकाल, सह–कोषाध्यक्षमा डा.विक्रान्त ढकाल र सह–सचिवमा डा.लिजन महर्जन निर्विरोध निर्वाचित भएका छन् ।

अध्यक्ष र महासचिवमा तीन–तीन जनाको उम्मेदवारी परेको छ । डा.अनिलबिक्रम कार्की प्रजातान्त्रिक समूहको प्यानलबाट अध्यक्षका उम्मेदवार हुन् ।

प्रगतिशील प्यानलबाट डा.सन्तोष पौडेल र डा.शिवजी सिलवालले अध्यक्षमा एकल उम्मेदवारी दिएका छन् ।

महासचिवमा प्रजातान्त्रिक प्यानलबाट डा.सञ्जीव तिवारी, प्रगतिशील प्यालनबाट डा.रक्षा श्रेष्ठ र डा.अमृत भुसालले एकल उम्मेदवारी परेको छ ।

प्रजातान्त्रिक प्यानल

अध्यक्षमा डा.अनिल विक्रम कार्की, वरिष्ठ उपाध्यक्षमा डा.बद्री रिजाल, उपाध्यक्ष (प्रदेश १) मा डा.विपेश आचार्य, उपाध्यक्ष (मधेश प्रदेश)मा डा.निरजकुमार सिंह, उपाध्यक्ष (बागमती प्रदेश)मा डा.प्रकाश बुढाथोकी, उपाध्यक्ष (गण्डकी प्रदेश)मा डा.राजन शर्मा, उपाध्यक्ष (लुम्बिनी प्रदेश)मा डा.नन्दाकुमारी गुरुङ, उपाध्यक्ष (कर्णाली प्रदेश)मा डा.केशरबहादुर ढकाल, उपाध्यक्ष (सुदूरपश्चिम प्रदेश)मा डा.प्रशान्त भट्ट छन् ।

महासचिवमा डा.सञ्जीव तिवारी, कोषाध्यक्षमा डा.प्रमोद जोशी, सह–सचिवमा डा.लिजन महर्जन, सह–कोषाध्यक्षमा डा.विक्रान्त ढकाल, सदस्यहरूमा डा.किशोर खत्री, डा.मनोहरदिन सैयद, डा.श्रृजना विष्ट, डा.अमित रञ्जन मिश्र, डा.तेजसुसिंह मल्ल र डा.युविनकुमार यादव छन् ।

प्रगतिशील प्यानल

अध्यक्षमा डा.सन्तोष पौडेल, उपाध्यक्ष (प्रदेश १)मा डा.यज्ञराज खरेल, उपाध्यक्ष (मधेश प्रदेश)मा डा.महेश महासेठ, उपाध्यक्ष (गण्डकी प्रदेश)मा डा.विकास गौचन, उपाध्यक्ष (सुदूरपश्चिम प्रदेश)मा डा.निरज अर्याल, महासचिवमा डा.रक्षा श्रेष्ठ, कोषाध्यक्षमा डा.अञ्जना महर्जन र सदस्यहरुमा डा.अभियान गौतम, डा.पदम नेपाली, डा.स्मृति महत, डा.सुरेन्द्र यादव, डा.रमेश श्रेष्ठ र डा.कुम्भ जोशी छन् ।

प्रगतिशील प्यानलले डा.रामकृष्ण आचार्यलाई आफ्नै प्यानलको भनेर दाबी गरेको छ ।

अध्यक्षमा डा.शिवजी सिलवालले एकल रुपमा स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

उपाध्यक्ष प्रदेश १ मा डा.पार्थ गुरागाईं, उपाध्यक्ष मधेश प्रदेशमा डा.अजयकुमार मिश्र, उपाध्यक्ष बागमती प्रदेशमा डा.सञ्जयकुमार ठाकुर, उपाध्यक्ष सुदूरपश्चिमा डा.प्रवीणकुमार गिरीले पनि स्वतन्त्र रुपमा एकल उम्मेदवारी दिएका छन् ।

महासचिवमा डा.अमृत भुषाल, सदस्यहरूमा डा.चेतन बस्नेत र डा मोहम्मद अनमुल हकले पनि स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

Published : Monday, 2022 December 19, 9:50 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया