देउवाले ओलीको ‘चारो’लाई लात हाने, कांग्रेसले देखायो इमान्दारिता
काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।
शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा देउवा र नेपालबीच भेटवार्ता भएको हो । नयाँ सरकारको विषयमा परामर्शहरू भइरहेका बेला देउवाले अध्यक्ष नेपालसँग गम्भीर परामर्श गरेका हुन् ।
छलफलमा नयाँ सरकार गठनका विषयमा कुरा भएको जनाइएको छ ।
सभापति देउवाले अध्यक्ष नेपालसँग छलफल गर्नुअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ छलफल गरेको बालुवाटार स्रोतले जनाएको छ ।
माओवादीका अध्यक्ष दाहालले प्रधानमन्त्रीमा दाबी गरेपछि सत्ता गठबन्धनमा नयाँ सरकार गठनको विषयले उथलपुथल ल्याएको छ । ठूलो दलको हैसियतले कांग्रेसले प्रधानमन्त्रीमा दाबी गरिरहेको छ ।
अध्यक्ष दाहालले पनि आफूले सरकारको नेतृत्व गर्न पाउनुपर्ने अडान राख्दै आएका छन् ।
सभापति देउवाले गठबन्धनलाई बचाएर नयाँ सरकार बनाउने गृहकार्य गरिरहेका छन् । देउवालाई एमालेले विभिन्न खालका ‘चारो’ हालेर लोभ देखाएका बेला अध्यक्षद्वय दाहाल र नेपालसँग वार्ता भएको छ ।
सभापति देउवाले एमालेका अध्यक्ष खड्गप्रसाद ओलीको प्रस्ताव र लोभहरूलाई राम्रोसँग बुझेका छन् । देउवाले ओलीसँग कुनै पनि सहमति गर्ने सम्भावना निकै कम छ ।
देउवाले ओली र एमालेलाई साईजमा राख्न गठबन्धनलाई नै लिएर सरकार बनाउनेछन् ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया