उदाङ्गो भयो रवि लामिछानेको अधिनायकवादी अनुहार, कांग्रेससँग संस्कार सिक्न सुझाव
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नवनिर्वाचित सांसदहरूलाई सार्वजनिक रुपमा सञ्चारमाध्यममा बोल्न प्रतिबन्ध लगाएका छन् ।
सभापति लामिछानेले आफ्नो दलका सांसदहरूलाई बोल्न प्रतिबन्ध लगाएका हुन् । रास्वपाका प्रतिनिधि सभामा २० सांसद छन् ।
रास्वपाका सांसदहरूले जथाभावी बोल्ने र उनीहरूका अन्तर्वार्ता विवादित भएपछि सभापति लामिछानेले सार्वजनिक रुपमा सञ्चारमाध्यममा बोल्न प्रतिबन्ध लगाइदिएका हुन् ।
सभापति लामिछानेले समानुपातिक सांसद चयनमा पूर्वाग्रह राखेर आफ्ना मान्छेलाई सांसद बनाएको आरोप छ ।
सो विषयमा विवादमा भएपछि रास्वपामा असन्तुष्टि भएको छ । लामिछानेले पार्टीभित्रको अरू विषयमा पनि सार्वजनिक रुपमा बोल्न प्रतिबन्ध लगाएका छन् ।
सांसद पदको शपथ नलिएसम्म सबै सांसदलाई सार्वजनिक सञ्चारमाध्यमलगायत सार्वजनिक रूपमा अभिव्यक्तिमा पार्टीले प्रतिबन्ध लगाएको रास्वपाले जनाएको छ ।
पार्टीको आधिकारिक नीति र विचार प्रस्ट नभएको सो पार्टीका नेताहरूले फरक फरक विचार राख्दै आएका छन् ।
सरकारमा सहभागी हुने विषयमा फरक फरक मत सार्वजनिक भइरहेको छ ।
लोकतन्त्रको कुरा जोडतोडले उठाउँदै आएका सभापति लामिछानेले आफ्नै पार्टीका सांसदलाई बोल्न प्रतिबन्ध लगाएर आफ्नो अधिनायकवादी र निरंकुश चरित्र देखाएका छन् ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष खड्गप्रसाद ओलीलाई निरंकुश र अधिनायकवादी भनेर अराजक शैलीमा अभिव्यक्ति दिने गरेका सभापति लामिछानेको कालो अनुहार उदाङ्गो भएको छ ।
आन्तरिक लोकतन्त्रका विषयमा सभापति लामिछानेले नेपाली कांग्रेससँग सिक्नुपर्ने सुझाव सामाजिक सञ्जालमा दिइएको छ ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया