नरेन्द्रद्वारा काठमाडौंको जंगलमा महिलाको हत्या
काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ९० वर्षीया वृद्धाको हत्या गरेको अभियोगमा ३९ वर्षीय नरेन्द्र शिवभक्तीलाई पक्राउ गरेको छ ।
बिहीबार नरेन्द्रलाई प्रहरीले तारकेश्वर नगरपालिका ६ पुशलबाट पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।
काठमाडौंको तारकेश्वर नगरपालिका ६ पुशलबाट हराइरहेकी ९० वर्षीया डिल्ली पुतुवारको मंसिर २२ गते बिहान साढे ८ बजे तारकेश्वर नगरपालिका ३ पारीवनपाखा समुदायिक बनको खोल्सामा शव भेटिएको थियो ।
पुतुवारको शवको टाउको तथा मुखमा चोट लागेको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ ।
पुतुवारको हत्याको घटनामा अनुसन्धान गर्ने क्रममा प्रहरीले छिमेकी नरेन्द्रलाई जंगलमा लगेर हत्या गरेको खुलेको छ ।
पुतुवारको साथमा रहेको ४५/५० हजार लुट्नका लागि ढुंगाले हानेर हत्या गरी शवलाई खोल्सामा फालेर नरेन्द्र भागेका थिए ।
वृद्धा पुतुवारसँग रहेको पैसा पनि नरेन्द्र लगेका छन् ।

बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया