२७ लाखको चोरी गर्ने टीका पक्राउ परिन्

पोखरा । प्रहरीले कास्कीबाट २७ लाखभन्दा धेरै रकमको गरगहना चोरी गर्ने ३४ वर्षीया टीका श्रेष्ठलाई पक्राउ गरेको छ ।

प्रहरीले श्रेष्ठलाई बुधबार पोखराबाटै पक्राउ गरेको हो । श्रेष्ठले बृद्धा महिलाहरूलाई ललाई फकाई २७ लाख २ हजार ५८ रूपियाँ मूल्य बराबरको सुनका गहना चोरी गरेको अभियोग लागेको छ ।

पक्राउ परेकी श्रेष्ठ पर्वतको मोदी गाउँपालिका–६ घर भई हाल पोखरा महानगरपालिका–४ गणेश टोल बस्दै आएकी थिइन् ।

श्रेष्ठले पोखरा बजारका विभिन्न स्थानका घरमा परिवारका सदस्यहरू नभएको मौका पारी बृद्धा महिलालाई ललाई फकाई गरी भुलाई बृद्धाहरूले घाँटी तथा कानमा लगाएका र घरको कोठामा राखेका विभिन्न गहना तथा नगद रुपियाँहरू चोरी गरेकी गरेकी थिइन् ।

जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय राम बजारबाट खटिएको प्रहरीले चोरी कार्यमा संलग्न श्रेष्ठलाई चोरी भएका धनमालसहित पक्राउ गरेको छ ।

तिलहरी १ थान, औंठी १ थान, फुली १ थान, सिक्री, वाला, औँठी, मोबाइलको साथै चोरी गर्दा लगाएको कपडासहित उनलाई पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

उनीविरुद्ध जिल्ला अदालत कास्कीबाट चोरी तथा डाँका सम्बन्धि मुद्दामा ५ दिन म्याद थप गरी प्रहरीले आवश्यक अनुसन्धान प्रकृया अगाडि बढाएको छ ।

Published : Friday, 2022 December 16, 1:04 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया