शेखरको तयारीले गगनलाई तनाब, बालुवाटारले पहिलो चरणमै ढालिदिने
काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले संसदीय दलको नेतामा उम्मेदवारी दिने गृहकार्य गरेपछि महामन्त्री गगन थापालाई तनाब शुरु भएको छ ।
कोइरालाले आफू निकटका नेता र सांसदहरूसँग संसदीय दलको नेतामा उम्मेदवारी दिने बताइसकेका छन् । कोइरालाको तयारीपछि थापा झस्किएका छन् ।
थापाले कोइरालासँग भेटेर आफूलाई दलको नेतामा सहयोग गर्न आग्रह गरेका थिए । कोइरालाले आफू पहिलादेखि नै दलको नेताका लागि गृहकार्य गरिसकेका कारण ब्याक नहुने जवाफ दिएका थिए ।
उता, सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा संसदीय दलको नेतामा उम्मेदवार बन्ने जनाइसकेका छन् । देउवा उम्मेदवार बनेमा कोइराला र थापा जो सुकै मिलेर आए पनि देउवाले पहिलो राउण्डमै नकआउट गरिदिनेछन् ।
कोइरालाले औपचारिक रुपमा दलको नेतामा उम्मेदवारी दिने भनेका छैनन् । थापाको दवावमा रहेका कोइराला दोधारमा पनि रहेको चर्चा छ ।
नेता अर्जुन नरसिंह केसीले आफ्ना ज्वाइँ थापालाई दलको नेतामा उम्मेदवार बनाउने रणनीतिअनुसार छलफलहरू चलाउँदै आएका छन् ।
महामन्त्री विश्वप्रकाश शर्माले थापालाई साथ दिएका छन् । शर्माले साथ दिए पनि थापाले जित्ने कुनै सम्भावना छैन ।
१५औं महाधिवेशनमा कोइरालाको टिममा रहेर महामन्त्री जितेका हुन् । अहिले आएर कोइरालालाई नै थापाले टेर्न छाडेका छन् । कोइरालालाई प्रयोग गरेर महामन्त्री र गुट बनाएका थापाले अब आफ्नै गुट बनाएर जाने तयारी गरिरहेका छन् ।
कोइराला समूहबाट धनराज गुरुङ उप–सभापति, गगन महामन्त्री, जीवन परियार र बद्री पाण्डे सह–महामन्त्री चुनिएका छन् ।
उनीहरूसहित समूहका नेताहरूले कोइरालालाई नै गुटको नेता मान्दै आएका छन् ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया